Logo

महजोडी कलाकार संघ राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने

स्तावेज संवाददाता मंसिर ६ गते बुधबार २०७४ काठमाण्डौं- नेपाल चलचित्र कलाकार संघले १ लाख ११ हजार रुपैयाँ राशिको ‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार–२०७४’ अग्रज हास्य व्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै ५१ हजार रुपैयाँ राशिको ‘तेस्रो शान्ति मास्के पुरस्कार–२०७४’ कलाकार आरपी पन्तलाई प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी गराए ।

संघले नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान–२०७४ सिनेकर्मी गेहेन्द्र धिमाललाई, नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान राजेन्द्र सलभ, जय श्रेष्ठ, प्रकाश धिताल र शम्भु निरौलालाई, नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान–२०७४ पत्रकार तुलसी गिरी ‘भावुक’, आरके सुवेदी र गीता अधिकारीलाई प्रदान गर्ने भएको छ ।

नव प्रतिभा पुरस्कार–२०७४ अभिनेत्री दीपिका प्रसाईंलाई प्रदान गर्ने संघले जनाएको छ । यी पुरस्कार आगामी पुसमा राजधानीमा एक समारोहबीच प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्