Logo

मिस नेपाल निकिता चन्दक‘मिस वर्ल्ड २०१७’काे उत्कृष्ट ४० मा पर्न सफल(भिडियो सहित)

स्तावेज,कार्तिक २६ गते आईतवार , २०७४ – मिस नेपाल २०१७’ निकिता चन्दक ‘मिस वर्ल्ड २०१७’काे उत्कृष्ट ४० मा पर्न सफल भएकी छन्। चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा ‘हेड टू हेड’ च्यालेञ्ज पार गर्दै उनी उत्कृष्ट ४० मा पर्न सफल भएकी हुन् । चन्दकले ‘हेड टू हेड’ च्यालेञ्जमा समूह ३ बाट प्रतिस्पर्धा गरेकी थिइन्।

उक्त च्यालेञ्ज अन्तर्गत युवतीहरूले आफ्नो उद्धेश्य प्रष्ट हुने गरी छायांकन गरेको भिडियो देखाउन पर्ने थियो। विश्वभरका लागि भोटिङ समेत खोलिएको सो प्रतियोगितामा उनी विजेता भएकी हुन् । उनको च्यालेञ्ज भिडियो यूट्यूब ट्रेन्डिङमा समेत आएको थियो ।

आफ्नो आधिकारीक फेसबुकमार्फत खुसी साट्दै उनले भनिन्, ‘म टप ३० मा पुग्नका लागि उत्साहित छु।’चन्दकले टप मोडल, उत्कृष्ट प्रतिभा, ब्यूटी विद प्रपोज र मिस मल्टिमेडियामा अन्य प्रतिस्पर्धीसँगै प्रतिस्पर्धा गरिरहेकी छन्। मिस मल्टिमिडियाको लागि भोटिङ खुला गरिएको छ।

यस्तै, फाइनलको मुख्य विधा मानिने ‘ब्यूटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता  चन्दकले नेपाली युवतीहरूको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन् । ११९ देशका सुन्दरीहरूको सहभागिता रहेको मिस वर्ल्डकाे अन्तिम प्रतिस्पर्धा मंसिर २ मा हुँदैछ ।

हेर्नुहोस् भिडियो,

प्रतिक्रिया दिनुहोस्