Logo

फ्यानले आत्महत्याको धम्की दिएपछि वरुण धवन अदालतको कटघरामा

स्तावेज,कार्तिक २६ गते आईतवार , २०७४ ,काठमाडौं – बलिउड अभिनेता वरुण धवनले भर्खरै आफ्नी एक महिला फ्यान विरुद्ध उजुरी दिएका छन् । फोनमार्फत उक्त फ्यानले म्यासेजको रिप्लाई नगरेको भन्दै आत्महत्या गर्ने धम्की दिए पश्चात धवनले उजुरी दिएका हुन् ।

केही समय अघिबाट वरुणले एउटा महिला फ्यानबाट ‘वाट्स एप’मा थुप्रै म्यासेज प्राप्त गर्दै आएका रहेछन् । उक्त फ्यानबाट आजित भएका वरुणले त्यो नम्बरलाई नै ‘ब्लक’ गरिदिए । उनलाई लाग्यो समस्याको समाधान भयो । तर, केही दिन पश्चात वरुणलाई कुनै अपरिचित नम्बरबाट ‘वाट्स एप’मा प्रतिकृया नदिए आत्महत्या गर्ने धम्की दिँदै फोन कल आएको थियो । उक्त म्यासेजले विरक्तिएका उनले प्रहरीलाई उजुरी दिएका हुन्।

प्रहरीले ती फ्यानले  फोन र म्यासेज गरेको हो भन्ने कुरा पुष्टी गरेको छ। प्रहरीले भने, ‘वरुणलाई धम्की आएको कुरा साँचो हो।’ उजुरी पश्चात तत्कालै खोजी कार्य सुरू गरेको प्रहरीले उक्त नम्बर अहिले सम्पर्कविहिन भएको जनाएको छ।

फ्यानहरूबाट वरुण आजित भएको यो पहिलो पटक भने होइन । उनका थुप्रै यस्ता पागल फ्यानहरू छन् । फिल्म दिलवालेको सुटिङ सकेर बसेकाे क्रममा एउटा फ्यानले वरुणको घरबाहिर कुरेर उनलाई हेर्ने प्रतिक्षा गरिबसिन् । त्यसक्रममा उनले वरुणलाई प्रेम प्रस्ताव पनि राखेकी थिइन्। यो घटनालाई वरुणले सहज रुपमा लिए। तर पछि भने उनले  आफ्नो घर परिवार र स्टाफ समेतलाई अनावश्यक फोन कल आएपश्चात उनी समस्यामा परेका थिए। उनले त्यसपछि उक्त फ्यानलाई भेटेर नै सम्झाउँने प्रयास गरे। केही गर्दा पनि नभएपश्चात उनले सेक्युरिटिको सहायता लिन परेको थियो। पछिल्लो समय फिल्म जुडुवा -२ मा देखिएका वरुण हाल फिल्म अक्टूबरमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्