Logo

निर्देशक एभरेष्ट सूर्य बोहराको चलचित्र ‘भैरे’मा दयाहाङ नै किन बने ‘भैरे’ ?

                                   कलाकार दयाहाङ राई र निर्माता प्रेम प्रसाद पौडेल चलचित्र ‘भैरे’

स्तावेज,कार्तिक २५ गते शनिवार, २०७४ ,काठमाडौं- विध्यार्थी जीवनदेखि नै रंगमञ्चको क्षेत्रमा होमिएर सडक नाटक,भिडियो फिल्म हुँदै दर्जनौं नेपाली सिरियल एवं टेलिभिजनको पर्दामा समेत निर्देशन गरेका साथै नेपाली चलचित्रको क्षेत्रमा सुपरहिट चलचित्र दिन सफल निर्देशक श्री एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे’ बन्ने भएको छ । नायिका गरिमा पन्त र नायक जीवन लुईटेल अभिनीत फिल्म ‘ठूली’ साथै ‘अग्नी परीक्षा’ र ‘मुटु’र ‘कान्छा’ जस्ता सुपरहिट सिनेमाहरु बनाउन सफल निर्देशक एभरेष्ट सूर्य बोहराले केही समयको बिश्रामपछि पुन: नयाँ फिल्म निर्देशन गर्ने भएका हुन् ।

केहीदिन भित्रै औपचारिक निर्माण घोषणा गर्ने पूर्ण तयारीमा रहेको चलचित्र ‘भैरे’ को सुटिङ युनिटले राजधानीमा एक प्रेस विज्ञप्ति जारी गर्दै फिल्मको विषयमा सम्पूर्ण जानकारी दिँदैछ । मङ्सिरको पहिलो साताबाट छायाङ्कन सुरु गर्नेगरी यतिबेला निर्देशक बोहरा तिब्र जोश जाँगरका साथ कलाकार छनौटमा लागेका छन् । लोकेशन हन्टिङको काम धमाधम हुँदैछ । ‘भैरे’ सुटिङ स्पटको लागि प्राकृतिक सुन्दरताले भरिएको अत्यन्त मनोरम पर्यटकिय स्थल मुस्ताङको जोमसोमलाई छनौट गरिएको छ ।

                                  नायिका वर्षा सिवाकोटी र निर्माता प्रेम प्रसाद पौडेल चलचित्र ‘भैरे’

अत्यन्त शिष्ट,असल र मिलनसार व्यक्तित्वका धनी श्री बोहराले सिनेमा क्षेत्रमा आगामी दिनहरूमा समयको माग अनुसारको कथा,विषयवस्तुको बेजोड प्रस्तुति लिएर दर्शकहरुलाई भरपूर मनोरन्जन दिने योजनामा छन् । उनको करिब तिनबर्षपछिको चलचित्र निर्देशन क्षेत्रको आगमनलाई नेपाली सिनेजगतमा अत्यन्त उत्साहकासाथ हेरिएको छ । एक सफल निर्देशकको रूपमा आफूलाई उभ्याईसकेका निर्देशक बोहरा “जब मुटु छुने कथामा ‘पर्फेक्ट’ स्क्रीन प्ले र ‘हल उचाल्ने’ गीतहरू तयार हुन्छन् तब मात्र फिल्म बनाउने दाबी गर्दछन् ।

                 चलचित्र भैरेको लोकशन  हन्टिङको क्रममा  मुस्ताङको जोमसोममा निर्देशक ‘श्री एभरेष्ट सूर्य बोहरा’

उनको पहिलो सुपरहिट चलचित्र ‘अग्नि परीक्षा’रहेको थियो । जसमा राजेश हमाल,बिना बुढाथोकी,सारंगा श्रेष्ठ,नारायण त्रिपाठी लगायत अन्य कलाकारहरूले अभिनय गर्ने मौका पाएका थिए । उक्त चलचित्रले त्यो वर्षकै सर्वाधिक सफल चलचित्रको उपाधि चुम्न सफल भएको थियो । त्यसको लगत्तै उनले चलचित्र ‘कान्छा’ बनाउन सफल भए । जसमा राजेश हमाल,र करिष्मा मानन्धरले अभिनय गर्ने मौका पाएका थिए । चलचित्र ‘कान्छा’ले पनि दर्शकमाझ अत्यधिक ‘वाहवाही’ बटुल्दै ५१ दिन मनाउन सफल भयो । चलचित्र ‘भैरे’ निर्देशक बोहराको पाँचौ चलचित्र हो ।

              चलचित्र भैरेको लोकशन  हन्टिङको क्रममा  मुस्ताङको जोमसोममा निर्देशक ‘श्री एभरेष्ट सूर्य बोहरा’

चलचित्र ‘भैरे’का लागि मुख्य कलाकार दयाहाङ राई, चर्चित नायक बिक्रान्त बस्नेत,सरल र वास्तविक अभिनय गर्न माहिर सुरक्षा पन्त,छोटो समयमा आफ्नो अभिनयद्दारा जनमानसमा दर्हो छाप छोड्न सफल कलाकार बुद्धि तामाङ, नायिका वर्षा सिवाकोटी, बाल कलाकार अनुभव रेग्मी अनुवन्धित भएका छन् । यसअघि दया र वर्षाले फिल्म ‘लप्पन छप्पन’मा एकसाथ काम गरेका थिए । कलाकार दयाहाङ राई आधुनिक सिनेमाको अभिनयलाई छुट्टै परिभाषा दिन सकेका उत्कृष्ट कलाकार हुन् ।

                                                  चलचित्र ‘भैरे’ टिम

उनले नेपाली कलाकारिता क्षेत्रमा अभिनय यसरी मात्र गर्नुपर्छ भन्ने परम्परात्मक फर्मुलालाई तोडेर अभिनय यसरी पनि गर्न सकिन्छ भन्ने नयाँ परिभाषा स्थापित गरिसकेका छन् ,आफ्नो अभिनय कौशलतालाई जोडदार रूपले प्रस्तुत गर्ने र वास्तविकताको धरातलमा चुर्लुम्म डुबेर अभिनय गर्ने यस्तो बिलक्षण प्रतिभाको धनी शायद यस धरतीमा बिरलै जन्मन्छन् ।

नेपालय सिनेमा इन्टरनेशनलको प्रस्तुतिमा बन्न लागेको यो फिल्मका कार्यकारी निर्माता देवी माया अधिकारी हुन् । पुरुषोत्तम प्रधानले खिच्ने फिल्मका निर्माताको रूपमा प्रेम प्रसाद पौडेल रहेका छन् । एक करोडको बजेटमा बन्न लागेको चलचित्र ‘भैरे’ अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा  निर्माण हुन लागेको चलचित्र ‘भैरे’ दमदार प्रस्तुति बोकेको चलचित्र हो ।

 ‘भैरे’ यस बर्षकै सर्वाधिक उत्कृष्ट र सफल चलचित्र बन्नेमा कुनै दुईमत छैन । साथै व्यवसायिक रुपमा चलचित्र ‘भैरे’ ले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निकै ठूलो बजार लिनेमा आफू ढुक्क भएको यस चलचित्रका निर्माता श्री प्रेम प्रसाद पौडेल दावी गर्छन् । दूर दराजमा छरिएर रहेका तमाम  गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दयाले ‘भैरे’को भूमिका निर्वाह गर्दैछन् । बलियो प्राविधिक टिम र सुझबुझका साथ अगाडी बढिरहेको चलचित्र ‘भैरे’ ले व्यवसायिक रुपमा शिखर चुम्न सफल रहोस् दस्तावेज डट कमको तर्फबाट अग्रिम शुभकामना !

       Deepshikha Sharma

 [email protected]

प्रतिक्रिया दिनुहोस्