Logo

चलचित्र ‘सुनकेसरी’ मा ऋचाको यस्तो डरलाग्दो भूमिका

स्तावेज संवाददाता,कार्तिक १३ गते सोमबार २०७४,काठमाडौं–अभिनेत्री ऋचा शर्मा अहिले निर्मात्री पनि बनेकी छिन् । अस्ट्रेलियामा शूटिङ भएको चलचित्र ‘सुनकेसरी’ को सार्वजनिक पोस्टरमा उनलाई भिन्नै र डरलाग्दो भूमिकामा देखाइएको छ ।

आफ्ना हरेक फिल्ममा फरक भूमिकामा रुचाउन चाहने नायिका ऋचा शर्मालाई यस चलचित्रमा पनि फरक भूमिकामा देखिने पक्का छ । आफूले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा उनलाई डरलाग्दो भूमिकामा देखाइएको छ ।

फिल्म ‘आधा लभ’ ले सोचेअनुरुपको सफलता हात पार्न नसके पनि यतिबेला उनी अर्पण थापा निर्देशित चलचित्र सुनकेसरीमा देखिन लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्