Logo

‘गोलमाल अगेन’सर्वाधिक हिट दोस्रो हप्तामै २ सय करोड क्लबमा

स्तावेज संवाददाता,आश्विन १३ गते सोमबार २०७४,नयाँदिल्ली – बलिउड चलचित्र निर्माता रोहित शेठ्ठीले चौथोपटक अभिनेता अजय देवगनलाई साथ लिएर निर्माण गरेको चलचित्र ‘गोलमाल अगेन’ बक्स अफिसको रेकर्डले सफल मानिएको छ । गत अक्टुबर २० मा रिलिज भएको ‘गोलमाल अगेन’ले दोस्रो साता पनि राम्रो व्यापार गरेर कुल २०५ करोड भारु कमाउन सफल भएको छ । ‘बक्स अफिस’को रेकर्डले दोस्रो हप्तामै ‘गोलमाल अगेन’ २ सय करोड क्लबमा सामेल भएको छ ।

बलिउड ट्रेन्ड विश्लेषक तरण आदर्शका अनुसार ‘गोलमाल अगेन’ले घरेलु ‘बक्स अफिस’मा १६७.५२ करोड र ‘ग्लोबल बक्स अफिस’मा ३७.६० करोड गरी कुल २०५.१२ करोड भारु कमाउन सफल भएको छ । घरेलु ‘बक्स अफिस’मा पहिलो हप्तामै कुल १३६.०८ करोड भारु कमाएको यस फिल्मले दोस्रो हप्ता ३१.४४ करोड कमाउन सफल भएको थियो ।

करिब एकसय करोड भारुको लागतमा बनेको ‘गोलमाल अगेन’ले ८० करोड भारु प्रोडक्सन खर्च र बाँकी २० करोड भारु प्रमोशन खर्च भएको निर्माण पक्षले जनाएको छ । निर्माता रोहित शेठ्ठीले गोलमाल फिल्मको चार श्रृंखलामा लगातार अभिनेता अजय देवगनलाई खेलाएका छन् । अहिलेसम्म चारओटै श्रृंखलामा नायक देवगन सफल मानिएका छन् ।

विशेषगरी ‘कमेडी ’ कथामा आधारित ‘गोलमाल’ श्रृंखलाको चौथो फिल्म ‘गोलमाल अगेन’मा पनि दर्शकले ‘हरर कमेडी’को मज्जा लिन सक्नेछन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्