Logo

चर्चित हास्य कलाकार महादेव त्रिपाठीले “मिस हिरोईन” नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने

स्तावेज संवाददाता,आश्विन १३ गते सोमबार २०७४,काठमाडौँ – नेपालमानै पहिलो पटक चर्चित हास्य कलाकार,जादुगर, नायक तथा निर्माता निर्देशक हा हा यो यो महादेव त्रिपाठीले “मिस हिरोईन २०१७” नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएका छन् l नायक निर्माता तथा निर्देशक महादेव त्रिपाठीको आउँदै गरेको नयाँ चलचित्रको लागि नायिका तथा अन्य कलाकार छनौट गर्न तथा युवा पुस्तामा भएको मोडलिङ मोहलाई पुरा गर्दै भविष्यमा एक राम्रो मोडल तथा नायिका उत्पादन गर्नको लागि यस प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए l

“मिस हिरोईन २०१७” को अडिशन मिति चाडैनै घोषणा हुने र यस प्रतियोगितामा नेपालको पाँच प्रदेशबाट सम्पूर्ण जिल्लालाई समेटेर यस प्रतियोगिताको अडिशन हुने र कलाकार बन्न चाहनेहरु सबैलाई मौका दिने कुरा हास्य कलाकार त्रिपाठी  बताउँछन् l अडिशनको लागि कुनै पनि शुल्क नलाग्ने भएको हुँदा जो कोही युवतीले पनि यस प्रतियोगितामा आएर अडिशन दिन पाउने भएका छन् l

नेपालमा धेरै सौन्दर्य प्रतियोगिता हुने भएको तर उक्त प्रतियोगिताबाट प्रतियोगीहरुले कुनै पनि मौका नपाइरहेको सन्दर्भमा “मिस हिरोईन २०१७” नामक सौन्दर्य प्रतियोगिताको जन्म भएको कुरा आयोजक महादेव त्रिपाठी  बताउँछन् l आखिर जुन सुकै सौन्दर्य प्रतियोगिताको आयोजना गरे पनि सबैको चाहना मोडल हिरोईन बन्नेनै हुने भएकोले आफूले सौन्दर्य प्रतियोगिताको नाम छनौट गर्दा मिस हिरोईन २०१७ राखेको भनाई श्री त्रिपाठीको  रहेको छ   l यसका साथै लुकेका प्रतिभाहरुलाई उजागर गर्दै नव नायिका तथा नयाँ कलाकार जन्माउने आफ्नो चाहना रहेको पनि कलाकार त्रिपाठीले जानकारी गराए l

यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले आयोजक महादेव त्रिपाठीसँग सम्पर्क गर्न सक्नेछन्  l प्रतियोगितामा भाग लिनको लागि १६ वर्ष देखि ३० वर्ष सम्मका युवती प्रतियोगीहरु हुनुपर्नेछ l उक्त प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन र विदेशमा हुने साँस्कृतिक प्रतियोगिताहरुमा समेत भाग लिन पाउने भएका छन् l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधिमा समेत सहभागी गराइने जानकारी आयोजक त्रिपाठीले गराए।

प्रतिक्रिया दिनुहोस्