तिहार विशेष – मरुभूमिबाट बहिनीलाई पत्र
“दिनभरिको थकानलाई विश्राम दिँदै निन्द्रालाई फकाउने क्रममा अचेल अधिकांश रातहरुमा हातमुख धुने त कहिले जुत्ता खोल्ने बहानामा बिस्ताराबाट उठेको उ फर्किन जान्दैन प्रतीक्षा गर्दागर्दै सूर्यले विजयको शंख बजाउँछ अनि अर्लामले दैनिकीको चेतावनी । प्रवासमा रहेका ६५ लाख नेपाली मध्ये एक मेरो दाजु पर्नुभयो सम्झेर मन बुझाउ है काली ! तिम्रा स्वप्निल सगरमा दाजुबहिनीको पवित्र सम्बन्ध सदैव आफू भन्दा उच्च स्थानमा राखेर पुज्ने बाचा कहीँ कतै डगमगाउने छैन । पल्ला गाउँका बिर्खे दाजु झैँ रातो बाकसमा फिर्नु परेपनी मैले पाउने हरेक जन्ममा तिम्रै दाजु बनेर जन्मिन पाँउ दैवसङ्ग प्रार्थना गर्छु । ………..”
-अमन एकल
प्यारी बहिनी,
असीम प्यार , शुभ आशीर्वाद ,
जिन्दगीमा तिमी आएपछि धेरै खुशीका पलहरू आए सायद बहिनी भनेकै दाजुको खुशीको मुख्य कारण हो रहेछ । तिमी नहुने भए यतिका खुशी जीवनमा कहिल्यै जुर्ने थिएन । काममा सफलता मिल्दा ,यो मन दुख्दा , मनमा केही उल्झनले सताउँदा ,साँधेको निबुवा , चना चटपटे , जुनार ,भोगटे , सुन्तला ,लिची आँप सँगै खाएका पलहरुले विशेष तिम्रो प्रेम रआत्मीयता दर्शाउँछ। तिमीले कर्मघर टेक्नु अघि पनि र आज पनि सायदै तिमी बाहेक अरुसँग त्यति खुल्न सकेँ बहिनी नभएको पीडाले कयौंपटक आमालाई कयौंपटक गुनासो गरेको थिएँ । तिमी जिन्दगीमा आएपछि त्यो अभावको खाडल आत्मीयताको अपुर्ण जगत पूर्ण गरी सबैभन्दा प्रिय मान्छे प्यारो साथी सबै पाएँ मैले ।
“तिमीले आफ्नै हातले बनाएका मिठा मिठा परिकारहरु थालमा सजिएर एकले अर्कालाई नियाल्दै मेरै चर्चा गर्दै होलान् ,थालीमा सजिएका सप्तरङ्गी टीकाहरुले एकअर्काेतिर नियाल्दै सजिने निधारको अभावमा बिरह पोख्दै होलान् मलाई माफ गर भनिदेउ है। सप्तरङ्गी टीकामा मिसिएको प्रेम निधारमा सजाउने सौभाग्य मिलेन यसपटक फूलका थुङ्गा सँगै उनिएको तिम्रो माया गलामा सजाएर रम्न सकिन फुच्चि मलाई माफ गरिदेउ ।”
जीवनमा हरेक दाजुले तिमी जस्ती बहिनी पाउन् मेरो सौभाग्य तिमी मेरी बहिनी हौ अनेकौँ अप्ठ्यारा परिस्थितिमा मिठा मुस्कानले अगाडि बढ्न हौसला दिने आमा पछिकि आमा झैँ । मनका स-साना कुरादेखी सम्पूर्ण कुरा सहजै बताउन सक्ने तिमी नै हौ मेरो ।कहिलेकाही तिमीसँग रिसाएझैँ गरेर घुर्की लगाउन मन लाग्छ तर त्यो अवसर नै दिन्नौ तिमीले ! जिन्दगीका कयौँ तिता पलहरुमा हामीसँगै थियौँ कति पलमा भौतिक रूपमा म दूर थिएँ तिम्रा नयनबाट बगेका कर्णाली र भेरीले मलाई चुर्लुम्मै डुबाएका पल हुन् ती म कहाँ भुल्न सक्छु र ?
देशमा नेपालीको महान पर्व दीपावलीले दैलोमा प्रवेश गरिसकेको छ यतिबेला मखमली र सयपत्रीमा जिन्दगीमा सम्पूर्ण खुशीहरु उनेर माला बनाउँदै हौली खुशी र उमंगको लेपले रंगीचंगी भएको तिम्रो ओठमा बियोगको ज्वालामुखी फुटाउने चाह कत्तिपनी होइन काली ! मलाई माफ गर मेरो सबै बाध्यता तिमीले बुझेकी छौ । यसपटक सयपत्री ओईलायो भनेर दुख नमान तिम्रो माया त ओईलाएको छैन नि ! हाम्रो आत्मियता त ओईलाउदैन नि ! यमराज सँग लड्न सक्ने सामर्थ्य होस् भनेर तिमीले लगाईदिएको सप्तरङ्गी निधारमा नभएर के भो तिमी त मनमा छौ मनको हरेक धड्कनमा छौ तिम्रा हरेक शुभकामना म सँगै छन् फुच्ची ।
“जीवनमा हरेक दाजुले तिमी जस्ती बहिनी पाउन् मेरो सौभाग्य तिमी मेरी बहिनी हौ अनेकौँ अप्ठ्यारा परिस्थितिमा मिठा मुस्कानले अगाडि बढ्न हौसला दिने आमा पछिकि आमा झैँ । मनका स-साना कुरादेखी सम्पूर्ण कुरा सहजै बताउन सक्ने तिमी नै हौ मेरो ।कहिलेकाही तिमीसँग रिसाएझैँ गरेर घुर्की लगाउन मन लाग्छ तर त्यो अवसर नै दिन्नौ तिमीले ! जिन्दगीका कयौँ तिता पलहरुमा हामीसँगै थियौँ कति पलमा भौतिक रूपमा म दूर थिएँ तिम्रा नयनबाट बगेका कर्णाली र भेरीले मलाई चुर्लुम्मै डुबाएका पल हुन् ती म कहाँ भुल्न सक्छु र ?”
आँगनमा गाईको गोबरले लिपेर हजुरामाले बुनेको चोखो पराले गुन्द्री दियो ,कलश, गणेश थपना गरेको सामुन्ने बिछ्याएर
दाजुभाइको रोलक्रम अनुसारको आसन तय गर्दै हौली ,पिँढीका थामका किलाहरुमा मखमली र यसपत्री फूलका मालाहरु उनेर झुण्याएकी हौली ,काँसको कचौरिका शुद्ध तोरीको तेलमा हरिया झन्डै दुई दर्जन मुन्टाहरु पौडिदै रमाइलो गर्दै होलान् ,मालाझैँ लहरै मिलाएर खिपिएका जौ का दानाहरु हरियो गोबरमा दैलाको दुवै ठेलामा चम्चमाउलान् ,अबिर केशरी र फूलले सुसज्जित बिमिरोले मेरो अभाव सहजै सहसुस गर्ला ।
तिमीले आफ्नै हातले बनाएका मिठा मिठा परिकारहरु थालमा सजिएर एकले अर्कालाई नियाल्दै मेरै चर्चा गर्दै होलान् ,थालीमा सजिएका सप्तरङ्गी टीकाहरुले एकअर्काेतिर नियाल्दै सजिने निधारको अभावमा बिरह पोख्दै होलान् मलाई माफ गर भनिदेउ है। सप्तरङ्गी टीकामा मिसिएको प्रेम निधारमा सजाउने सौभाग्य मिलेन यसपटक फूलका थुङ्गा सँगै उनिएको तिम्रो माया गलामा सजाएर रम्न सकिन फुच्चि मलाई माफ गरिदेउ ।
“फूलका ओठमा पोतिएका लाली खुशी बनेर तिम्रो ओठमा बसाइँ सरेजस्तै लाग्थ्यो । वीर योद्धाले सबैभन्दा महान युद्धमा विजय हासिल गरेजस्तो प्रशन्नताले यो मुहार महिनौं सम्म झरी परेर उघ्रेको आकाश झैँ निकै खुलेको थियो । चुक घोप्ट्याएजस्तै कालो रातले तेस्रो प्रहरलाई स्वागत गर्दासम्म तिमी र म गन्थनमन्थन गरिरहेकै हुन्थ्यौँ आमाले उज्यालो भयो सुत्नु पर्दैन भन्दा झसङ्ग भएर सुत्न जान्थ्यौँ । हरेक पलपलका यादहरू तिहारको फूलमाला सप्तरङ्गी टीका र दीपक झैँ चम्चमाईरहेका छन् यो मानसपटलमा। “
आँगनीमा भैली र द्यौसिको जमघटले पनि तिम्रो मनमा कुनै असर नपार्ला म बुझ्छु प्रवासी मरुभूमिमा तिमी र तिम्रो मायाको अभावमा बगरको माछाको जीवन जिउन बाध्य बनेको छु आँगनीमा लिङ्गेपिङ्ग हाल्न छाडेको पनि धेरै वर्ष भयो रे ! अभागीले मुग्लानलाई नै कर्मघर बनाएको खबर आफन्तका जमघटमा गाईगुई सूनिन्छ रे ! चाहनाले जिन्दगीलाई जहाँ पुर्याएपनी कर्तव्यबोधले सही मार्गदर्शन गरेकै छ जिन्दगी खाडीमा लिलाम भएपनि मन त्यतै छ बुनु ! म र मेरा बाध्यताहरुलाई तिमी बाहेक कास अरूले पनि बुझ्दा हुन् त !
मुग्लानी बाटोमा पैताला चल्नुपुर्व रोकौँ कि समर्थन गरौँ म भन्दा तिमी अन्यौलमा थियौ । बिछोडको पीडामा अनिदो रातलाई बिदाइ गर्दा पाकेका गोलभेडाझैं नयन लिएर कोठाबाट बलजफ्ती निक्लेकी तिमी र गालाका फाटमा बिछोडले बनाएको गोरेटो हरपल नयनका पर्दामा चलचित्र बनी चलिरहन्छन् । झन्डै आधा दशक पश्चात् गत वर्ष जुरेको सौभाग्य हाम्रो निकै स्वर्णिम पल थियो सायद पुनः त्यो पलको प्रतीक्षामा अर्को एकदशक पो बित्छकी ?
फूलका ओठमा पोतिएका लाली खुशी बनेर तिम्रो ओठमा बसाइँ सरेजस्तै लाग्थ्यो । वीर योद्धाले सबैभन्दा महान युद्धमा विजय हासिल गरेजस्तो प्रशन्नताले यो मुहार महिनौं सम्म झरी परेर उघ्रेको आकाश झैँ निकै खुलेको थियो । चुक घोप्ट्याएजस्तै कालो रातले तेस्रो प्रहरलाई स्वागत गर्दासम्म तिमी र म गन्थनमन्थन गरिरहेकै हुन्थ्यौँ आमाले उज्यालो भयो सुत्नु पर्दैन भन्दा झसङ्ग भएर सुत्न जान्थ्यौँ । हरेक पलपलका यादहरू तिहारको फूलमाला सप्तरङ्गी टीका र दीपक झैँ चम्चमाईरहेका छन् यो मानसपटलमा।
“तिम्रा कोमल हातले तिखा सियोका कयौँ प्रहार खप्दै उनेका मखमली सयपत्रीका सुन्दर मालाहरु ओइलाउन सक्छन् , मेरो दीर्घायुको कामना गर्दै यमराज पास आउन नसक्ने गरी दुबो र तेलले प्रदक्षिणा गरेको घेरा मेटिन सक्छ,ओखरका दाना मक्किन सक्छ , बिमिरो जौ तिल कुहिन सक्छन् ,दीप निभ्न सक्छ,सप्तरङ्गी टीकाहरु उड्न सक्छन् तर हामीबिचको आत्मीयता कथम कदाचित कमी हुनेछैन बहिनी ! हर साल तनले तिम्रै समीप हुन नसकौँला तर मनले सदा सर्वदा तिम्रै साथमा हुनेछु ।”
भूकम्पले दर्शाएको आत्मियतामा धमिरा र मुसाले बस्ती बसालेको जिजुबुबाको चिनो घर जमिनमै दफन हुनाले झनै रहरका त्यान्द्राहरु एक एक गर्दै चुडिएका थिए त्यसैमा दमकी रोगी आमाको उपचार ,आफूले पूरा गर्न नसकेको तिमीहरू बाट पूरा गराउन खोजेको तिमीहरूको अध्ययन ,साहुको बन्धक रहेको गैरीखेत र घरबारी अनेकन बाध्यताले गर्दा तिमीहरू बाट हज्जारौं माइल दूर यादका बारातहरुलाई मनमर्जी राज गर्न दिनुपरेको छ।
दिनभरिको थकानलाई विश्राम दिँदै निन्द्रालाई फकाउने क्रममा अचेल अधिकांश रातहरुमा हातमुख धुने त कहिले जुत्ता खोल्ने बहानामा बिस्ताराबाट उठेको उ फर्किन जान्दैन प्रतीक्षा गर्दागर्दै सूर्यले विजयको शंख बजाउँछ अनि आर्लामले दैनिकिको चेतावनी ।
प्रवासमा रहेका ६५ लाख नेपाली मध्ये एक मेरो दाजु पर्नुभयो सम्झेर मन बुझाउ है काली । तिम्रा स्वप्निल सगरमा दाजुबहिनीको पवित्र सम्बन्ध सदैव आफू भन्दा उच्च स्थानमा राखेर पुज्ने बाचा कहीँ कतै डगमगाउने छैन । पल्ला गाउँका बिर्खे दाजु झैँ रातो बाकसमा फिर्नु परेपनी मैले पाउने हरेक जन्ममा तिम्रै दाजु बनेर जन्मिन पाँउ दैवसङ्ग प्रार्थना गर्छु । ………..
तिम्रा कोमल हातले तिखा सियोका कयौँ प्रहार खप्दै उनेका मखमली सयपत्रीका सुन्दर मालाहरु ओइलाउन सक्छन् , मेरो दीर्घायुको कामना गर्दै यमराज पास आउन नसक्ने गरी दुबो र तेलले प्रदक्षिणा गरेको घेरा मेटिन सक्छ,ओखरका दाना मक्किन सक्छ , बिमिरो जौ तिल कुहिन सक्छन् ,दीप निभ्न सक्छ,सप्तरङ्गी टीकाहरु उड्न सक्छन् तर हामीबिचको आत्मीयता कथम कदाचित कमी हुनेछैन बहिनी ! हर साल तनले तिम्रै समीप हुन नसकौँला तर मनले सदा सर्वदा तिम्रै साथमा हुनेछु ।
उही तिम्रो अभागी दाजु
राम कृष्ण पाण्डे
नौकुण्ड ५, रसुवा
हाल युएई मरुभूमिको राजधानी
प्रकाशित मिती, २०७४ साल आश्विन ३ गते, मंगलवार