Logo

झिलेले भन्दै दर्शक नचाउन आए नवराज

       

       — रामगोपाल आशुतोष

स्तावेज,आश्विन ३१ गते मंगलवार २०७४ –  गायक नवराज दाहाल एउटा अर्को म्यजिक भिडियो लिएर दर्शक स्रोता समक्ष आएका छन् । भारतको आसाममा आफ्नो जादूगरी प्रस्तुति देखाएर हजारौँ दर्शक स्रोताको मुटुमा बसिरहेका गायक दाहालको अर्को डान्सिङ नम्बर यूट्युब मार्फत सार्वजनिक भएको हो । नेपाली दर्शक स्रोताका लागि बिल्कुलै नयाँ शब्दमा उनको गायन प्रस्तुति निकै आकर्षक छ । झिलेले झिलेले झिलेले झिलेले बोलको यस गीतमा शब्द र सङ्गीत आसाम निवासी नारायण घिमिरेको रहेको छ ।

सङ्ग्स् नेपालको ब्यानरमा भर्खरै युट्युबमार्फत् सार्वजनिक भएको यो भिडियोले क्लब, डान्सबार, थेक र स्टेज तताउने उनको विश्वास रहेको छ । नाच्न, झुम्न र बिन्दास हुन मनपराउने र नाच्ने गीतका पारखीका निम्ति यो गीत मनप्रिय साबित हुनेछ ।

भर्खरै प्रसिद्ध सङ्गीतकार हरि लम्सालको सङ्गीतमा, तिमी ब्ल्याक अनि ब्यूटी पनि बोलको गीत रेकर्डिङ सकाएर चाँडै बजारमा ल्याउने तर्खर गरिरहेका नवराजले यसअघि “लैबरी” नामक गीति एल्बम बजारमा ल्याएका थिए । भारतको आसाममा दर्जनौँ हिट गीत मार्फत परिचित नवराजले यस गीत मार्फत आफू नेपालमा पनि चिनिने विश्वास लिएको बताए ।

उनले चाँडै नै तिमी ब्ल्याक अनि ब्युटी पनि बोलको गीत मार्फत नेपाली शैलीको गीतमा श्रीगणेश गर्ने प्रतिबद्धता गर्दै भने, “मेरो आवाज र मेरो गायनलाई देश विदेशमा रहनुभएका तमाम सङ्गीतप्रेमी दर्शकस्रोताले मन पराइदिनुहुनेमा विश्वस्त छु । यी गीतले उनलाई नेपाली सङ्गीतमा स्थापित गराउने छ भन्ने आशा लिँदै उनी थप्छन्, “र, मलाई सकारात्मक र सिर्जनात्मक प्रतिक्रिया दिएर अघि बढ्न सहयोग गर्नुहुनेछ ।”

चलचित्र निर्देशक हरि पराजुलीको निर्देशन रहेको यस म्युजिक भिडियोमा युवा मोडलद्दय कमल सिंह र करिश्मा ढकालको अभिनय रहेको छ । प्रदीप ज्ञवालीको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोलाई गीता ढकालले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्