Logo

सूर्य खड्काको आवाजमा रहेको नयाँ मर्मस्पर्शी गीत चार बजेको अलार्म सार्वजनिक

ज्याक खड्का,दस्तावेज संवाददाता, आश्विन २६ गते बिहिवार, २०७४ – पछिल्लो समय दशैँमा निकै लोकप्रिय गीतहरू सार्वजनिक गरी चर्चामा रहेका प्रदेशी गायक सूर्य खड्काको आवाजमा रहेको नयाँ मर्मस्पर्शी गीत चार बजेको अलार्म सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै दश बजार भन्दा धेरै दर्शक मात्र पाएको छैन सबैबाट राम्रो प्रशंसा समेत पाएको छ ।

आवाजको माध्यमबाट सबैलाई जादु छरेका खड्काले यो गीतमा अभिनय समेत गरेका छन् उनको अभिनयलाई समेत सबैले मन पराएका छन् ।सूर्य खड्का र जुना श्रीसको आवाज रहेको सो गीत घर छोडेर प्रदेशीने नेपालीहरूको पिडालाई कलात्मक रूपले प्रस्तुत गरेको छ ।
गीतमा पछिल्लो समयका लोकप्रिय सर्जक तथा सङ्गीत संयोजक सागर विरहीले लय सिर्जना तथा सङ्गीत संयोजन गरेका छन् भने गीतका उत्कृष्ट शब्द सिर्जना प्रकाश गौतम र तिलकराम अधिकारीले गरेका हुन् , गीतका सम्पूर्ण पक्ष राम्रो छ ,गीतको म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्