Logo

कराँते खेलाडी उज्ज्वल ठकुरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’बाट सम्मानित

स्तावेज संवाददाता, आश्विन २६ गते बिहिवार, २०७४,क्यालिफोर्निया – कराँते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्दै ठकुरीले देशको नाम उच्च स्थानमा पुर्‍याएका छन् ।ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्दारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

काठमाडौँमा ४२ वर्ष पहिला जन्मिएका ठकुरी अमेरिका १५ वर्ष अगाडि आएका थिए । कराँते खेलमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जीत हासिल गरी विभिन्न पदक प्राप्त गरेका ठकुरीले वर्ल्ड टाइटल बेल्ट, विश्व च्याम्पियन बेल्ट, दुई दुई राष्ट्रिय स्वर्ण पदक, अन्तर्राष्ट्रिय कप र अन्तर्राष्ट्रिय ट्रफी लगायत विविध विधामा स्वर्ण पदक जितेका छन् ।

त्यस्तै भ्यानडम शैलीमा विश्व च्याम्पियन वेल्र्ड र सर्टिफिकेटद्वारा कुरो बुशी विश्व च्याम्पियन खेलमा उनी नर्थ क्यारोलिनामा सम्मानित भएका थिए । कराँतेमा उनले आफ्नो पाँच किसिमको पृथक विशेष आविष्कार गरेका थिए जसमा फाङ् काटा (अन्तराष्ट्रिय अमेरिकन किक ) मा अन्तराष्ट्रिय खेलमा स्वर्ण कप हात पारेका थिए । सोही खेलमा फाँग खुकुरी काटामा रजत पदक हात पारेका उनले अर्को आविष्कार फाङ ब्रेकिङमा विश्व वर्ल्ड उपाधि प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्