Logo

म्युजिक भिडियो “परिवर्तन” ले नेपाली संगीत बजारमा तहलका मच्चाउँदै

स्तावेज संवाददाता, आश्विन २५ गते बुधबार, २०७४, काठमान्डौं – रियल र रिल लाइफका हिरो/हिरोइन मिलाएर बनाइएको नयाँ म्युजिक भिडियो परिवर्तनले अहिले निकै नै तहल्का मच्चाइ रहेको छ । अहिलेकी चर्चित र महंगी नायिका साम्राज्ञीदेखि CNN Hero बन्न सफल अनुराधा कोइरालासम्म यसमा अटाउन सक्नु नै रोचक विषय बनेको छ ।

अहिलेको सबै युवाहरूको Crush भनी चिनिने साम्राज्ञीको लोभलाग्दो मुस्कान र मनै लोभ्याउने अभिनय होस् वा रामेश्वर यादव भनी चिनिने चर्चित नायक नाजिर हुसैनको पहिलो ब्यालेट डान्स सबै पृथक छ । नाजिर भन्छन् , मलाई मुस्लिम समुदायको भनेर आरोप लाग्ने गरेको छ, त्यसैले मैले मन्दिरमा रङ्सँग खेल्ने हिम्मत गरेको छु ।

अहिलेको सबै केटीहरूको crush भनी चिनिने Amrit Dhungana पनि Chocolaty पारामा देखिएका छन् । दिपाश्री निरौलाको हातमा रातो गुलाफ अनि उनी लजाउनु र छेवैमा दीपक हुनुले  दीपक/दीपाको on screen प्रेम अझै नै छ है भन्ने आभास राम्रैसँग दर्शकले पाउँछन् ।

 निर्देशक आशिष पौडेलको निर्देशन शैली र कथा वस्तु र पस्कने शैलीले मन छुन सफल भएको छ । निर्देशकले कलाकारको रूपमा डेब्यु गरेका छन् । What the flop का सन्दिप क्षेत्रीको मुस्कान र नयाँ लुक्स पनि तारिफयोग्य छ । भलिबल खेलाडी सिपोरा गुरुङ, पवित्र समाजसेवा आश्रमकी दीक्षा चापागाईंको समाजसेवा , डा. भोला रिजालको Comeback , अनिल केशरी शाहको जुँगा पनि यहाँ तारिफ योग्य रूपमा प्रस्तुत गरिएको छ ।

बैज्ञानिक तथा म्यागासेसे पुरस्कार विजेता महाविर पुनको सादगी , साहित्यकार खगेन्द्र संग्रौलाको परिवर्तनप्रतिको अभिलाषा यहाँ पनि देख्न पाइन्छ । यो भिडियोमा स्वर-संगीत सेतो यति ब्यान्डको रहेको छ भने चर्चित पत्रकार ऋषि धमलाको छोटो भूमिका पनि देख्न पाउनुहुनेछ

परिवर्तनले मीठो शैलीमा आफूलाई परिवर्तन गर्न सिकाएको छ । धार्मिक सहिष्णुता , सहयोगको भावना अभिवृद्धि , अग्रजलाई सम्मान गर्न , हिम्मत कहिल्यै नहार्न , आफूलाई सम्हाल्न लगायत सफलता पाउनको लागि गर्नुपर्ने सम्पूर्ण काम यसले करिब ४.५ मिनेट मै सिकाएको छ । फरक धार अँगालेर बनाइएको यो गीतमा शब्द आयुश्मान ज्ञवालीको रहेको छ भने स्वर राजिव ज्ञवाली र आयुश्मान ज्ञवालीको रहेको छ । 

प्रतिक्रिया दिनुहोस्