Logo

कीर्तिमान ७ खेलमा २५ गोल

स्तावेज, आश्विन १५ गते आईतबार,२०७४ – नापोलीले इटालियन सिरी ए फुटबलको यो सिजनमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत आइतबार बेलुका भएको खेलमा नापोलीले काग्लिएरीलाई ३–० ले हराएकार विजयी यात्रा कायम राखेको हो । यो नोपोलीको लिगमा लगातार सातौं जित हो । 

सिरी ए को इतिहासमा सजिनको सुरुका सात खेल जित्ने र त्यसमा २५ गोल गर्ने नापोली पहिलो टिम हो । नापोलीको जितमा चौथो मिनेटमा मारेक ह्यामसिक, ड्राइज मर्टेन्सले ४० औं तथा कालिदु कुलिबेलीले ४७ औं मिनेटमा गोल गरे ।

यो खेलमा तीन गोल गरेको नोपालीले यसअघिका लिगका ६ खेलमा २२ गोल गरेको थियो । अहिलेसम्म यो सिजन लिगका सात खेल खेलेको नापोलीले २५ गोल गरिसकेको छ । सन् २०१३–१४ को सिजनमा रोमाले लिगका सुरुका १० खेल जितेको थियो । तर उसले सुरुका सात खेलमा खेलमा २० गोल मात्रै गरेको थियो । जितपछि नापोली २१ अंकसहित शीर्ष स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्