Logo

हाम्रो पात्रोले दशैंको अवसरमा ल्यायो ‘हाम्रो कार्डस्’

स्तावेज,आश्विन ७ गते शनिबार,२०७४,काठमाडौं – लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडपर्वको अवसरमा सर्वसाधारणलाई मनोरञ्जन दिने उद्देश्यले ‘जुटपत्ति एन्ड कल ब्रेक- हाम्रो कार्डस्’ एप्लिकेशन सार्वजनिक गरेको छ। ‘हरेक उमेर समुहका नेपालीका लागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल हो ।

स्मरण रहोस् शदियौंदेखि मानवको दिमागी कसरतको भरपर्दो माध्यमका रुपमा तास खेल रहेको छ,’ हाम्रो पात्रोले निकालेको विज्ञप्तिमा भनिएको छ,’तास खेल साथीभार्इ तथा आफन्त जमघटका बेला सदियौंदेखि खेलिंदै आइएको खेल हो र यो नितान्त मनोरञ्जनका लागि मात्र हुनुपर्दछ।’

यस एप्लिकेशन तलको लिङ्कमा गएर डाउनलोड गर्न सकिन्छ ।

https://goo.gl/w1s2G2

 

प्रतिक्रिया दिनुहोस्