Logo

नेपाल आईडलको ग्रान्ड फिनाले भब्यताकासाथ सम्पन्न,बुद्द लामा बने नेपाल आईडल

दिपेन ढकाल, दस्तावेज संवाददाता, दोहा कतार, आश्विन ६ गते शुक्रबार, २०७४ –  एपी वान टेलिभिजन द्दारा प्रसारित अन्तर्राष्ट्रिय फ्रेन्जाईज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी प्रतिस्पर्धात्मक प्रतियोगिताको नेपाली संस्करणको “नेपाल आईडल” (रियालिटी-सो) गायन प्रतिभा छनौट प्रतियोगिताको ग्राण्ड फिनाले कार्यक्रम आज २२ सेप्टेम्बरका दिन दोहा-कतारको सनैया स्थित एसियन टाउनको अम्फिथेटरको प्राङ्गणमा सम्पन्न भयो ।

नेपाल आईडलका निर्देशक लक्ष्मण पौडेलका अनुसार, कार्यक्रम उद्धघोषक सुशील नेपाल रहेका थिए , मुख्य क्यामेरामा शिवराम श्रेष्ठ रहेका थिए यसै गरी मुख्य आईटीमा धनन्जय आचार्य, थिए भने, कार्यक्रम स्थलको लाईट डिजाईनरमा पङ्कज बि.क.ले कार्यक्रमको मुख्य भूमिका निर्वाह गरेका थिए ।

उक्त कार्यक्रमको विशेष आकर्षणका रूपमा अतिथि कलाकारहरू चर्चित नेपाल र नेपालीलाई विश्वमा चिनाउन सफल भारतीय चर्चित टेलिभिजन Zee TV DID little Master Seson- ३ तथा झलक दिख्लाजाकी उपाधि विजेता तेरिया फौजा मगर, विशेष अतिथि कलाकाकाे रूपमा मह जाेडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ , सुन साँहिली ४० कटेसी रमाउँला गीतका गायक हेमन्त राना मगर, हाँस्य कलाकार नारद खतिवडाको विशेष उपस्थिती रहेको थियो । आमन्त्रित कलाकारहरुको प्रस्तुतिमा भरपुर मनोरञ्जन लिई रम्दै रमाउँदै भव्य र सभ्य कार्यक्रम गरिएको अायाेजककाे भनाई छ ।

उक्त कार्यक्रमको प्रथम पुरस्कार २० लाख ,र कार रहेकाे उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो । अन्तत: आफ्ना दुई प्रतिस्पर्धीलाई उछिन्दै बुद्ध लामा नेपाल आईडल बनेका छन् । उनले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन् । प्रतियोगितामा दोस्रो भई निशान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने तेस्रो स्थानमा पर्न सफल प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाई तेस्रो स्थान हासिल गरे । प्रथम विजेता लामाले २० लाख नगद सहित महिन्द्र केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गरेका छन् । यसैगरी दोस्रो बिजेता निशान भट्टराईले १५ लाख नगद र तेस्रो बिजेता प्रताप दासले १० लाख पाएका छन् ।

 साँझ ८ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम प्राविधिक कठिनाईका कारण केही समय रोकिएको थियो । टप १२ का प्रतिस्पर्धी गायक सहित सम्पूर्ण कलाकारको उपस्थिति रहेको नेपाल आईडलको ग्राण्ड फिनाले कार्यक्रम हेर्नकाे लागि दिउँसैदेखि प्रवासी नेपाली दाजुभाईकाे बाक्लो उपस्थिती रहेको थियो ।  बुद्ध लामा,प्रताप दास र निसान भट्टराई मध्ये  नेपाल अाइडल काे हुन्छ भन्नेमा सबैमा कौतुहलता जागेको थियो । प्रतिस्पर्धीहरु सबैमा एक किसिमकाे डरसँगै उत्साह पनि तेतिनै देखिएकाे थियो । 

प्रत्यक्ष प्रसारण खोजिरहेको फ्यानहरुले समाजिक सञ्जालमा खोइ नेपाल आइडल भनेर  प्रतिक्रिया लेखिरहेका थिए । पछि एपी वान टिभीले प्राविधिक समस्याका कारण प्रसारण गर्न नसकेको जनाउंदै क्षमा मागेको थियो । यसले एपी वानको ख्याती र आर्थिक पक्षमा पनि नोक्सान परेको बताइएको छ । नेपाल आइडलको यो पहिलो संस्करण दर्शकले निकै रुचाएका थिए । नेपालकै चर्चित कार्यक्रम मध्येमा परेको थियो । इन्डिएन आईडलसंग सहमति लिएर आयोजना गरिएको भनिएको यो कार्यक्रमको स्टुडियो लगायत प्रस्तुति आकर्षक थियो । यही भएर धेरैले यो कार्यक्रम मन पराएका थिए ।

प्रतिक्रिया दिनुहोस्