Logo

फिल्म ‘फाटेको जुत्ता’को दोस्रो गीत सार्वजनिक

स्तावेज संवाददाता, आश्विन ६ गते, शुक्रबार,२०७४,काठमाडौं – कार्तिक १७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘फाटेको जुत्ता’को दोस्रो गीत रिलिज भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बिच फिल्ममा समावेश ‘चोली’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतका कोरियोग्राफर कविराज गहतराज हुन् भने उक्त गीतमा मिना निरौला र शंकर थापाको स्वर, शंकर थापाकै संगीत र डिपी खनालको शब्द रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायिका प्रियंका कार्कीले ‘चोली’ गीत छायांकन गर्दाको अनुभव सम्झिंदै उनले भनिन्, ‘चार दिनसम्म चर्को घाममा खुबै पसिना बगाएर गीत खिचेका थियौं । आफूले मेहनत गरे अनुसारको गीत बनेको देख्दा खुशी लाग्यो ।’ यस्तै, नायक सौगात मल्लले प्रियंकासँग गीतमा ठुम्का लगाउँदाको अनुभव सुनाए । उनले भने, ‘प्रियंकाको अभिनय र नृत्यको म ठूलो फ्यान हुँ । प्रियंका जस्तो नाच्न त आउँदैन तर धेरथोर प्रयास गरेको छु ।’
 अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई ‘जिन्दगी रक्स’का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका र सौगातका अलावा कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस्