Logo

‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक : दीपिकालाई पाउन रमेश उप्रेती र प्रशान्त बिचको टक्कर

स्तावेज संवाददाता, आश्विन ६ गते, शुक्रबार,२०७४,काठमाडौं –फिल्म ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ  । घटस्थापनाको अवसर पारेर राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा दुई नायक बिचको प्रेमको द्दन्दलाई देखाउन खोजिएको छ । नव-नायिका दीपिका प्रसाईलाई पाउन रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको एक आपसमा प्रतिस्पर्धा देख्न सकिन्छ । कार्तिक २ गतेबाट पोष्टपोन्ड भएर कार्तिक ९ गते पुगेको ‘ऐश्वर्य’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् ।
 
रमेश उप्रेतीले फिल्मको विषयमा जानकारी दिँदै भने, ‘सार्वजनिक ट्रेलरबाट फिल्मको विषयवस्तुलाई केहि हदसम्म दर्शकले बुझ्नु हुन्छ । कलाकारको रुपमा लामो समय बिताएतापनि निर्माताको रुपमा म डेब्यु गर्दैछु । मैले आफूलाई निर्माताको रुपमा प्रमाणित गर्न पनि ‘ऐश्वर्य’ चल्न आवश्यक छ । यो फिल्मको कथा विल्कुलै फरक छ र हाम्रो टिमले प्रस्तुतीकरणमा केहि फरक गर्ने प्रयास गरेको छ ।’
 
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश, प्रशान्त र दीपिकाको अलावा केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको पनि अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । यो फिल्मको कथा निर्देशक भट्टराई आफैले लेखेका हुन् ।
प्रतिक्रिया दिनुहोस्