Logo

काभ्रे जील्ला तेक्वान्दो संघको अध्यक्षमा रामचन्द्र कर्माचार्य निर्बिरोध निर्वाचित

स्तावेज संवाददाता, आश्विन ३ गते मंगलवार २०७४ – नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति काभ्रेको अध्यक्षमा रामचन्द्र कर्माचार्य निर्बिरोध निर्वाचित हुनुभयको छ । काभ्रेको बनेपा स्थित जिल्ला खेलकुद विकास समितिको कार्यलयमा आज सम्पन्न अधिवेशनले सर्वसम्मतिबाट निर्वाचित हुनु भएको छ । काभ्रे जिल्लाको प्रमुख प्रशिक्षक समेत रहनु भएका कर्माचार्य यसअघि समेत संघका अध्यक्ष रहेका थिए ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रमुख निर्वाचन अधिकृत हरिश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय प्रतिनिधि गोविन्द शर्मा ,सुमन घले तथा पनौती नगरपालिका वार्ड न २को वडा अध्यक्ष पुरसोतम अधिकारी ज्युको विशेष उपस्थिति रहेको थियो । सम्पन्न अधिवेशनले उपाध्यक्षमा राकेश भोछी भोया र फीरोज शाक्य , सचिवमा केशव थापा, कोषध्यक्षमा रुपक ताम्राकार , सदस्यहरूमा दीपेन्द्र थापा , दीपेन्द्र ढकाल , उद्धब सापकोटा ,सुशील अधिकारी र सुजीन कुमार लामा रहेका छन् ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरीस्वर पोख्रेल , समाजसेवी तथा पनौती नगरपालिका वार्ड न २ को वडा अध्यक्ष पुरषोत्तम अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । उक्त अधिवेशनमा बोल्दै अध्यक्षमा निर्वाचित कर्माचार्यले जिल्लामा तेक्वान्दो खेलको विकासको लागि आफूमा भएको ज्ञान सीप र क्षमताको परिचालन गरी नि:स्वार्थ भएर अगाडि बढ्ने प्रतीवद्दता समेत व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्