Logo

“नेपाल आईडल” (रियालिटी-सो) प्रतियोगिताको ग्राण्ड फिनाले कतारको दोहामा गरिने

दिपेन्द्र ढकाल दस्तावेज संवाददाता भाद्र २९ गते बिहिवार २०७४ दोहा-कतार – अन्नपूर्ण मिडिया नेटवर्कद्दारा सञ्चालित एपी वान टेलिभिजन AP-1 TV द्दारा प्रसारित लुकेर रहेका गायन प्रतिभालाई चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करणको “नेपाल आईडल” (रियालिटी-सो) गायन प्रतिभा छनौट प्रतियोगिताको ग्राण्ड फिनाले कार्यक्रम यही आउँदो २२ सेप्टेम्बरका दिन दोहा-कतारको सनैया स्थित एसियन टाउनको अम्फिथेटरको प्राङ्गणमा  भव्य तयारीकासाथ गरिने सूचना तथा प्रचार-प्रसारको जिम्मेवारी पाएका एसोसिएसनका महासचिव बि.एच राना मगरले राजेश तिमल्सिना(fantastic )लाई जानकारी दिए ।

नेपाल आईडलको फाईनल नतिजाको सार्वजनिक गर्नुका साथै, उत्कृष्ट बाह्रौं स्थानमा पर्न सफल प्रतिस्पर्धी कलाकार, विभिन्न विधाका कलाकारहरू, निर्णायक मण्डल, संचारकर्मी, प्राविधिक सह्योगी सहित ७ दर्जन भन्दा अधिक टोलीलाई कतारमा ल्याउने भएका छन् । यसै गरी विशेष आकर्षणका रूपमा अतिथि कलाकारहरू चर्चित नेपाल र नेपालीलाई विश्वमा चिनाउन सफल भारतीय चर्चित टेलिभिजन Zee TV DID little Master Seson- ३ तथा झलक दिख्लाजाकी उपाधि विजेता तेरिया फौजा मगर, सुन साहिली ४० कटेसी रमाउँला गीतका गायक हेमन्त राना मगर, हाँस्य कलाकार नारद खतिवडा, नलिना चित्रकार उद्घोषक तथा कुशल प्रस्तोता सुशील नेपाल र उद्घोषिका रिमा विश्वकर्मालाई वन ईन्टरनेश्नल तथा एभरेष्ट युथ एसोसिएसनको निमन्त्रणामा कतार आउने भएकी हुन् ।

स्रोतका अनुसार मध्यपूर्वीय राष्ट्र दोहा-कतारमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन तथा आबद्ध समस्त गीत संगीत पारखी श्रोता, दर्शक तथा शुभेच्छुक एवं कतारका उध्योग,व्यवसायी, बुद्धिजीवी, समाजसेवी, विशिष्ट ब्यक्तित्व, नेपाली कला, संस्कृतिलाई माया गर्ने आदरणीय नेपाली दाजु-भाइ तथा दिदी-बहिनी साथै सम्पूर्ण महानुभावहरूमा उक्त कार्यक्रमलाई भव्य , सभ्य एवं सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन सम्बन्धित सबैमा सह्योगका लागि आयोजक समितिले हार्दिक अनुरोध गरेको छ । नेपाल आईडल गायन छनौट प्रतियोगिताको प्रत्यक्ष प्रसारण सहित फाईनल कार्यक्रमलाई औपचारिक घोषणा अनुसार अन्तिम तैयारीमा रहेको एसोसिएसनका अध्यक्ष समेत रहेका नेपाल आईडल ईभेन्ट ब्यवस्थापन मूल समितिका संयोजक समेत रहेका उत्तम गुरूङ्गले बताए ।

गुरूङ्गले भने, उक्त कार्यक्रमलाई भव्य, सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन विभिन्न समिति गठन गरेको छ । यसैगरी उप-समितिमा सह-संयोजक प्रविन गुरूङ्ग, र प्रदिप शर्मा पौडेल रहेका छन् । प्रमुख सल्लाहकारमा सागर नेपाल, र प्रकाश गुरूङ्गलाई नेपाल-कतार सेन्सर विभागको जिम्मेवारी दिइएको छ । हामीलाई प्राप्त जानकारी अनुसार अनलाइनको माध्यमद्दारा समेत रहेकोले टिकट ब्यवस्थापनको जिम्मेवारी नवराज श्रेष्ठलाई दिइएको छ । यसै गरी एसोसिएसनका महासचिव बि.एच. राना मगरले व्यापक सूचना तथा प्रचार-प्रसारको जिम्मेवारी पाएका छन् ।

नेपाल र नेपालीहरूको शान , मान, प्रतिष्ठासंग जोडिएको नेपाली समुदायले कतारमा हाल सम्मकै सबैभन्दा विशाल कार्यक्रम आयोजना रहेकोले उक्त कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन समाजिक अवधारणा बोकी मध्ये पूर्वीय राष्ट्र दोहा-कतारमा स्थापित विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिलाई ओनेक्स वन ईन्टरनेश्नल र एभरेस्ट युथले संयुक्तरूपमा आयोजना गरिएको २६ अगष्टका दिन नेपाल पत्रकार महासंघसँग आबद्ध विभिन्न मिडियामा कार्यरत एक दर्जन पत्रकारको उपस्थितिमा कार्यक्रमबारे औपचारिक घोषणा गर्दै सार्वजनिक गरिएको थियो । अब एक हप्तापछि हुने Nepal Idol अन्तिम चरणमा पुगिसक्याे ९०% प्रतिशत कार्य सम्पन्न भयाे र बाँकी १०% अब चाँडै पूरा हुने कुरा ग्रान्ड फाईनल कार्यक्रम व्यवस्थापन मुलसमिति संयाेजक उत्तम गुरुङले बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्