Logo

एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई ७ विकेटले पराजित

स्तावेज भाद्र २९ गते विहिबार २०७४ –  शतप्रतिशत जितका साथ समूह विजेता बन्दै नेपाल एसीसी यू-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ । एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १४ औं ओभरमा पुरा गर्‍यो । नेपालले चौथो ओभरमै ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो ।

 हारका वावजूद पनि सिंगापुर समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ । उसले यसअघिका दुवै खेलमा जित हात पारेको थियो। सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । सन्दीप सुनार २०, अनिल साह १८ तथा आशिफ शेख ६ रन जोडेर आउट भएको खेलमा सुमित महर्जन १० र सन्दीप जोरा ७ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८ ओभर ३ बलमा ६७ रनमा समेटिएको थियो । त्यसपछि ब्याटिङमा आएका अनिल साह १५ बलमा ३ चौकको मदतले १८ रन जोड्दै क्याच आउट भए । ओपनर सन्दिप सुनारले सर्वाधिक २० रनको योगदान दिँदा सुमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे । सिंगापुरका लागि अभि दीक्षितले २ तथा अंश भार्गभाले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुर २८ ओभर ३ बलमा ६७ रन जोड्दै अलआउट भयो । तेस्रो ओभरमा पेस बलर किशोर महतोले अब्दुल भदेलीयालाई शून्यमा विकेटकिपरको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । किशोरले अर्का ओपनर रोहन रंगराजन (११ रन)लाई पनि नवौं ओभरमा पेभेलियनको बाटो देखाएका थिए । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा पवन शर्राफले ६, किशोर महतोले २ तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

उनले ८ ओभरमा ४ मेडन राख्दै १२ रन खर्चे । यसअघि नेपालले थाइल्याण्डलाई २५५ रन तथा भुटानलाई ९ विकेटले पराजित गरेको थियो । नेपालले अब समिफाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ।  तर सिंगापुरका पाँच ब्याट्सम्यानले भने खाता खोल्न सकेनन् । यसअघि नेपालले थाइल्याण्डलाई २५५ रन तथा भुटानलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले अब समिफाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। समूह बीबाट हङकङ र मलेसिया सेमिफाइनल पुगिसके पनि समूह विजेताको टुंगो लगाेको छैन। यी दुई टोलीबीचको खेलमा विजयी हुनेले सिंगापुर तथा पराजितले नेपालसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्