Logo

तेस्रो कीर्तिपुर दसैं महोत्सवको दोस्रो दिन महादेव त्रिपाठीले हसाउने गायक ध्रुब बिस्कोले नचाउने

सूर्य चन्द, दस्तावेज,भाद्र २८ गते बुधवार २०७४,काठमाडौँ – तेस्रो कीर्तिपुर दसैँ महोत्सवको दोस्रो दिन अर्थात् भदौ २९ गते बिहीबार जादुगर तथा हास्य कलाकार महादेव त्रिपाठीले हँसाउने, जादु देखाउने भएका छन् । उनको साथमा भर्सटाइल गायक गायक ध्रुब बिस्को, गायक डिजराज पौडेल, गायक रमेश श्रेष्ठ मेलोडी र गायक सन्जिब बस्नेतले किर्तिपुर निबासीलाइ नचाउने भएका छन् ।आज भदौ २८ गते मेलाको उद्घाटन गरिएको थियो र मेलाको पहिलो दिन चर्चित गायक हेमन्त शर्माले भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

नेपालीहरूको महान् चाड बडा दसैँ नजिकिदै गरेको अवस्थामा संस्कृतिले भरपुर पर्यटकीय नगरी किर्तिपुरमा तेस्रो कीर्तिपुर दसैँ तथा व्यापार महोत्सव २०७४ आज भदौ २८ गते बुधवार देखि असोज ९ गतेसम्म किर्तिपुरको नयाँ बजार खेलकुद मैदानमा हुँदैछ । सधैँ सामाजिक कार्य तथा औधोगिक व्यापार मेला महोत्सव गर्दै आएको औधोगिक शान्ति नेपाल सस्थाले यसपालि भने राईज म्युजिक प्रालि, राजकमल महर्जन तथा शशिर महर्जनको सँगको संयुक्त आयोजनामा उक्त तेस्रो कीर्तिपुर दसैँ तथा व्यापार महोत्सव २०७४ आयोजना गरिएको हो।

किर्तिपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल रहेको छ यसै अनुरूप यस मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरी आर्थिक रूपले मजबुत बनाउने र किर्तिपुरलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले दिए। महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । यस महोत्सवमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मनोरञ्जनात्मक खेलहरू, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि गरिदै छ ।

यस मेलामा एक सय पचास भन्दा बेसी स्टलहरु रहेको छ र सम्पूर्ण दैनिक उपभोग्य खाध्यान्नका  समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाँडाकुँडाहरु , एकै ठाउँमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरी अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्री वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था छ भने मेलामा निःशुल्क स्वास्थ्य शिविर रहने साथै मेलामा प्रवेश शुल्क निःशुल्क रहेको छ l
तेस्रो किर्तिपुर कीर्तिपुर दसैँ तथा व्यापार महोत्सव २०७४ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भीडलाई भरपुर मनोरन्जन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले गराएका छन्   l

साथै उक्त मेला अवलोकन गरी आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक साँस्कृतिक पर्यटनलाइ प्रवर्द्दन गर्न सम्पूर्ण नेपाली समुदायलाई उनले आव्हान पनि गरेका छन् l औध्योगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का,महासचिव शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा विनोद जैसवालको संयुक्त कमिटीले उक्त तेस्रो कीर्तिपुर दसैँ तथा व्यापार महोत्सव २०७४ को सम्पूर्ण व्यस्थापन गर्ने छन् l

प्रतिक्रिया दिनुहोस्