Logo

‘शिरीषको फूल’ का जापानी निर्देशक डा. तोसिआकी इतोद्दारा निर्देशित चलचित्र ‘माई लभ–प्रमिस फर काठमाडौं’को प्रिमियर शो

स्तावेज, भाद्र २७ गते मंगलवार २०७४,काठमाडौं – बहुचर्चित नेपाली साहित्यिक कृति ‘शिरीषको फूल’लाई सोही शीर्षकमा चलचित्रमा उतारेका जापानी निर्देशक डा. तोसिआकी इतोद्वारा निर्देशित पछिल्लो चलचित्र ‘माई लभ–प्रमिस फर काठमाडौं’को सोमबार राजधानीमा प्रिमियर गरिएको छ। मंसिर १५ गते देशभर एकसाथ रिलिज हुने यो चलचित्रमा जापानी र नेपाली कलाकारको अभिनय छ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पको सेरोफेरो र भूकम्पका बेलामा मानिसमा देखिएका संवेदना र मायाप्रेमलाई चलचित्रले मुख्य विषय बनाएको छ।क्रिएसन नेपालको निर्माणमा बनेको यो चलचित्रमा जापानका युइची हायदा, रिवोन मिजुतानी, सुइतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेश लामा, शीतल श्रेष्ठ, चैत्यदेवी सिंह, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजू, बबि लिम्बूलगायतले अभिनय गरेका छन्। चलचित्रमा गौरीशंकर धुजूको छायांकन, दिनेश सुनामको संगीत एवं जापानका थाक मिया मोतोको भीएफएक्स रहेको छ।

चलचित्र काठमाडौं महानगरपालिकासँग सम्बन्धित रहेकाले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रिएसन नेपालको आयोजनामा सोमबार राष्ट्रिय सभागृहमा विशेष प्रदर्शनी गरिएको निर्देशक इतोले जानकारी दिए। नेपालमा चलचित्र माई लभको सम्पूर्ण व्यवस्थापन गणेश लामाले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्