Logo

कसले बाजी मार्ला ‘आई लभ यु – २’ को १ लाख ? भिडियो सहित

स्तावेज,भाद्र २५ गते आईतवार, २०७४,काठमान्डौं – शुभ मिडिया होमको प्रस्तुतीमा काुर्टन्ज क्रुलाई फिचरिङ गरिएको गीत ‘जता जता पिरतीको बाटो’ अहिले चर्चामा रहेको छ । बसन्त सापकोटको संगीत, दिनेश थपलियाको शब्द र सरोज ओलीको स्वरमा रहेको गीत एक महिना अघि सार्वजनिक भएको थियो । गीतलाई आजसम्म ३४ लाख दर्शकहरूले हेरिसकेका छन् ।

चर्चामा रहेको म्युजिक भिडियोको कभर डान्स प्रतियोगिता समेत राखिएको थियो । असोज २० गतेसम्म सो गीतको कभर डान्स गरी युट्युबमा अपलोड गर्नुपर्ने हुन्छ भने त्यसको लिंक शुभ मिडिया होममा पठाउनुपर्ने हुन्छ ।

गीतको कभर डान्समा सहभागी हुनेहरुको संख्या बढ्दै गएको गीतको प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । गीतको कभर डान्स प्रतियोगिताको लागि अब २६ दिन मात्र बाँकी रहेकोले जतिसक्दो छिटो आफ्नो डान्सहरु पठाउनको लागि पनि शुभ मिडिया होमले अपिल गरेको छ । प्रतियोगितामा आएका प्रतिस्पर्धीहरुबाट युट्युबमा धेरै भ्युअर्स र उत्कृष्ट डान्सको आधारमा बिजेता घोषणा गरिनेछ । पुरस्कारको राशि १ लाख रुपैँया रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्