Logo

मंगलम् को रिलिज मिति स्थगित,फागुन ४ मा रिलिज हुने

स्तावेज,भाद्र २३ गते शुक्रवार २०७४,काठमाडौँ –असोज ११ लाई रिलिज मिति तय गरी रातारात फष्ट लुक पोष्टर र गीत सार्वजनिक गरी आक्रामक शैलीमा मैदान उत्रिएको चलचित्र मंगलम् अन्तत: असोज ११ मा रिलिज नहुने भएको छ ।

शुक्रवार एफ डी कम्पनी र छबिराज ओझा बिचको बैठक बसी एमजि दिने सहमति भएपछि फिल्म असोज ११ बाट फागुन ४ मा रिलिज हुने बुझिएको छ । बैठकले उक्त मितिमा एफडि कम्पनीको तर्फ बाट अर्को चलचित्र रिलिज नगर्ने पनि सहमति भएको छ ।
असोज ११ बाट मंगलम् व्याक भएपछि उक्त मितिमा चलचित्र छक्का पन्जा -२ मात्र रिलिज हुने भएको छ ।

शिल्पा पोखरेलको प्रस्तुतिमा नवल नेपालको निर्देशन रहेको चलचित्र मंगलम्का कार्यकारी निर्माता छबिराज ओझा हुन् । रिलिज पोष्टपोण्ड हुने भएपछि निर्देशक नवल नेपालले फेसबुक मार्फत सम्पूर्ण सन्चारकर्मि तथा दर्शकलाई आफूलाई क्षमा गरीदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्