Logo

सर्वाधिक हिट चलचित्र ‘छक्का पन्जा- २’ को ट्रेलर आउट

स्तावेज,भाद्र २३ गते शुक्रवार २०७४ काठमाडौँ – गत वर्षको सर्वाधिक हिट चलचित्र छक्का पन्जा को सिक्वेल छक्का पन्जा – २ को ट्रेलर आउट भएको छ । दीपक दिपाको छक्का पन्जा – २ का दुई गीत सार्वजनिक भईसकेका छन् ।

असोज ११ गते बाट सार्वजनिक हुने यो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गिरी , प्रियंका कार्की , स्वस्तिमा खड्का , शिवहरी पौडेल , वर्षा राउत , जितु नेपाल , किरण के.सी , राजाराम पौडेल , केदार घिमिरे , स्वरूप पुरुष ढकाल , लक्ष्मी गिरी , बुद्धि तामाङ्ग , गौरव पहारी लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै आज नै सोही मितिमा प्रर्दशन हुने चलचित्र मंगलम् को गीतपनि सार्वजनिक भएको छ । यसर्थ पनि यो दसैँमा दुई फिल्मको महासंग्राम हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्