चोतर्फी आलोचनापछि बोल्न बाध्य भयो नेपाल आइडल आयोजक
दस्तावेज,भाद्र १९ गते सोमवार २०७४,काठमाडौँ – नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइ रियालिटी शो नेपाल आइडल चर्चासँगै विवादमा पनि तानिएको छ । सामाजिक सञ्जालहरुमा यसको चर्चासँगै आलोचना चुलिएको हो । कहिले कार्यक्रमका जज त कहिले नेपाल आइडियलमा आउने भोट चर्चा र विवादमा परिरहेका छन् ।
शोका टप फोरमा रहेका प्रतिस्पर्धीका समर्थक, फ्यानहरुले जातीयता, क्षेत्रीयताका आधारमा गरेका विभिन्न टिका टिप्पणीका कारण पनि नेपाल आइडल विवाद र चर्चामा परेको हो । आइडलका विषयमा आमरुपमा निकै तल्लो स्टरमा टिकाटिप्पणी भएसँगै नेपाल आइडलको आयोजना गरिरहेको एपीवान नेपाल आइडल, यसका जज र सहभागीहरुका विषयमा तल्लो स्तरको गाली वेइजती गर्ने विरुद्ध कानूनी कारवाहीको चेनावनी दिएको छ ।
सामाजिक सञ्जालहरुमा नेपाल आइडल व्यवसाय मात्र भएको भन्दै भोट नहाल्न उर्दी जारी गरिएको प्रति एपीवानले आश्चर्य व्यक्त गरेको छ । इण्डियन आइडलमा नेपाली मूलका मानिस प्रतिस्पर्धी हुँदा क्याम्पेनिङ चलाएर हजारौं खर्च चरेर जिताउने तर नेपालमा पहिलोपटक यति ठूलो लगानीमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आउँदा विरोध हुन सामान्य विषय नभएको एपीवाट टेलिभिजनले जनाएको छ ।