Logo

जनक बर्तौला अखिल नेपाल खेलकुद महासंघको केन्द्रिय उपाध्यक्षमा विजयी

स्तावेज संवाददाता,भाद्र १७ गते शनिवार २०७४,काठमाडौँ –  नेपाली खेलकुदको बृहत्तर विकासमा सक्रिय रहेर सदैव खेलकुदको हकहितमा बोल्दै अनि लड्दै आएका क्योकुसिन कराँतेको प्रशिक्षक जनक बर्तौला अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्षमा विजयी भएका छन् ।

अखिल नेपाल खेलकुद महासङ्घ एकताको प्रथम राष्ट्रिय सम्मेलनबाट उनी सर्बसम्मत रूपमा अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष , प्रदेश न. ३ फ्र्याक्सन कमिटीका इञ्चार्जका रूपमा छानिएका हुन् । यसभन्दा अगाडिको कार्यकालमा समेत केन्द्रीय उपाध्यक्ष रहिसकेका उनी नेकपा माओवादी पार्टीभित्र पनि प्रभावशाली नेताको रूपमा चिर परिचित छन् ।

अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष्य, प्रदेश न. ३ फ्र्याक्सन कमिटीका इञ्चार्ज तथा ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य समेत रहेका प्रभावशाली नेता जनक बर्तौला विगत लामो समय देखि माओवादी पार्टीमा राजनीति गर्दै आएका र हक्की र निडर स्वभावका व्यक्ति हुन्, सधैँ अन्यायको विरुद्धमा आवाज उठाउने उनी माओवादी पार्टीका मजदुर नेता समेत रहेका छन् ।

 अन्याय र अत्याचारको विरुद्ध सधैँ अगाडी बढ्ने जनक बर्तौलाको कामको शैली उनको मिलनसार व्यवहार, महासङ्घभित्रको इमान्दारिता, खेलकुद र खेलाडीको हितमा सधैँ वैचारिक लडाइमा आफूलाई समर्पित गर्दै पार्टीभित्र र बाहिर पनि सदैव अरूको हितको लागि काम गर्ने कारणले गर्दानै उनी अखिल नेपाल खेलकुद महासङ्घ एकताको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय उपाधक्ष्य तथा प्रदेश न. ३ फ्र्याक्सन कमिटीका इञ्चार्ज जस्तो गरिमामय पदमा सर्बसम्मत रूपमा चुनिएका अन्य अखिल नेपाल खेलकुद महासङ्घका प्रतिनिधिहरू बताउँछन् ।

 पूर्व उप प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोप बहादुर रायमाझीको प्रमुख आतिथ्य तथा पूर्व खेलकुद मन्त्री माननीय दलजित श्रीपलिको विशेष आतिथ्यमा सम्पन्नल उक्त सम्मेलनमा अन्य दलका नेता तथा खेलकुद प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।

 विभिन्न समयमा विभिन्न उदाहरणीय कार्य गरेर सधैँ चर्चामा रहने जनक बर्तौला भन्छन् अबको दिनमा अझ बढी समय खर्चेर भएपनि खेलकुद र खेलाडीको पक्षमा लड्ने र उनीहरूको हकहित तथा समग्र राष्ट्रको शिर उच्च राख्दै अखिल नेपाल खेलकुद महासंघलाइ मुलुकको नै एक गौरवशाली सस्थाको रूपमा संस्थागत गर्दै लैजाने र अहिलेसम्म खेलकुद भएका बिकृतिहरुलाई चिर्दै तथा पहिचान गर्दै नेपाली खेलकुद विकासलाई अन्तर्राष्ट्रियस्तरमा लिएर जाने कुरा उनी बताउँछन्।

 उनी एक कुशल खेलाडी समेत हुन्, क्योकुसिन करातेको प्रशिक्षक समेत रहेका जनक बर्तौला खेलाडी मात्र नभएर पर्यटन व्यवसायी र कलाकार समेत रहेका छन् । पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्यब्यङ्ग टेली चलचित्र हाक्का हाक्कीमा डनको भूमिकाबाट एकाएक चर्चामा आएका जनक समाजसेवामा पनि त्यतिकै झुकाब राख्दछन् ।

प्रतिक्रिया दिनुहोस्