Logo

बहुचर्चित कविता ‘बा’ अब संगीतमा

   – रामगोपाल आशुतोष

नेपाली सुगम संगीतको क्षेत्रमा एउटा फरक गीतको आगमन भएको छ । एक समयमा भाईरल बनेको बा शीर्षक कवितालाई प्रसिद्द संगीतकर्मी हरि लम्सालले संगीतबद्ध गरेर बजारमा ल्याएका छन् । कवि नीरा शर्माको बहुचर्चित कवितामा हरि लम्साल आफैँले स्वरवद्ध गर्नुभएको छ ।

“आमालाई धरती भन्नेले बालाई आकाश कसैले भनेनन् ।”बडो मार्मिक शब्दचित्रलाई सेवेन नोट्सले युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

 म्युजिक भिडियोमा सञ्चारकर्मी सविना कार्कीको कर्णप्रिय कविता वाचन प्रस्तुतिले दर्शकको मन जित्ने छ । बहुचर्चित संगीतकार एवं गायक हरि लम्सालले नेपाली सांगीतिक बजारमा एकतमासको गीतले दर्शकश्रोता निरास भइरहेको मनन गरेर आफूले नयाँ वा फरक शैलीको गीत तयार गरेको बताउँदै दर्शकश्रोताले यस गीतलाई मन पराइदिने कुरामा विश्वस्त छन् ।

आकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा हरि लम्साल आफैँले संगीत संयोजन गरेका छन् भने चन्द्र चौधरीको मिक्सिङ रहेको छ । सुरज आचार्यको जीवन्त अभिनयलाई हरि न्यौपानेले क्यामेरामा कैद गरेका छन् । सान थापाको निर्देशन रहेको यस भिडियोमा संगीतकार एवं  गायक हरि लम्साललाई पनि देख्न सकिन्छ ।

– हाल,भक्तपुर

प्रतिक्रिया दिनुहोस्