Logo

चलचित्र निर्देशक एभरेष्ट सूर्य बोहरालाई ‘बेस्ट डायस्पोरा चलचित्र निर्देशक अवार्ड-२०१७’बाट सम्मानित

डेनभर कोलोराडो, भाद्र ५, आईतबार,२०७४ – राष्ट्रिय अन्तराष्ट्रिय संचार जगत, पत्रपत्रिका र अनलाईन मिडियामा अत्यधिक चर्चा परिचर्चामा आएको “दोस्रो खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड – २०१७” को कार्यक्रम हिजो एक भव्य समारोहका बिच कोलोराडोको डेनभर शहरमा भब्यताकासाथ सम्पन्न गरियो ।

कार्यक्रमको प्रमुख अतिथीमा नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट एच डेलिसी र नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको गरिमामय उपस्थिती रहेको उक्त अवार्ड कार्यक्रममा नेपाल लगायत अन्य मुलुकबाट आमन्त्रित कलाकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

“दोस्रो खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड – २०१७”उपाधीबाट निम्न ब्यक्तिहरु,कलाकार तथा नायक,नायिका,चलचित्र निर्माता,निर्देशक,गायक,पत्रकार,साहित्यकार,लेखक,हाँस्यकलाकार तथा बुद्दिजिवीबर्गहरु सम्मानित हुनुभएको छ ।

१)  चलचित्र निर्देशक श्री एभरेष्ट सूर्य बोहरा, ‘बेष्ट डायस्पोरा चलचित्र निर्देशक अवार्ड -२०१७’ 

२)  नायक बिक्रान्त बस्नेत, ‘बेष्ट डायस्पोरा नायक अवार्ड – २०१७’ 

३)  रबिन कार्की ‘रायन’,’बेष्ट डायस्पोरा चलचित्र बितरक अवार्ड – २०१७’

४)  मनिष श्रेष्ठ ,’बिशेष चलचित्र जुरी अवार्ड – २०१७ चलचित्र, “तुयुमती’

५)  उत्कृष्ट चलचित्र अवार्ड ‘छक्का पन्जा – २०१७ ‘

६) दीपाश्री निरौला,उत्कृष्ट निर्देशक अवार्ड – २०१७,  चलचित्र ‘छक्का पन्जा’

७) नायक अनमोल के.सी. , उत्कृष्ट नायक अवार्ड – २०१७ 

८)  नायिका केकी अधिकारी ,उत्कृष्ट नायिका अवार्ड – २०१७ 

९) बरिष्ठ कलाकार टीका पहारी, लाइफ टाइम एचिभमेण्ट अवार्ड – २०१७  

१०) नायक अर्जुनजंग शाही, एचिभमेण्ट अवार्ड – २०१७

११) सुवर्ण क्षेत्री, एचिभमेण्ट अवार्ड – २०१७

१२) जितु नेपाल ‘मुन्द्रे’ ‘बेष्ट कोएक्टर अवार्ड – २०१७ , चलचित्र छक्का पन्जा

१३)नायिका युना उप्रेती, बेष्ट डायस्पोरा नायिका अवार्ड – २०१७ 

१४ ) लेखक,पत्रकार, साहित्यकार  तथा सम्पादक, दस्तावेज डट कम,श्री दीपशिखा शर्मा,सम्मानपत्रद्धारा सम्मानित – २०१७ 

१५) बरिष्ठ गायक एम बराललाई उत्कृष्ट गायकको रुपमा सम्मानपत्र प्रदान – २०१७ 

१६) उत्साही नव निर्माता प्रेम प्रसाद पौडेल र देवीमायाँ अधिकारीलाई सम्मानपत्रद्धारा सम्मानित – २०१७ 

१७) नायक रवीन्द्र खड्का, कलाकार मुकुन्द किशोर भट्टराई, चलचित्र निर्देशक तथा लेखक राजेन्द्र शलभ , निर्देशक नारायण पुरी,

गायिका निलम श्रेष्ठ, फोटोग्राफर राजीब श्रेष्ठ र कलाकार कृष्ण मुरारी ढुंगेल –  स्पेशल अवार्ड – २०१७ बाट सम्मानित हुनुभएको थियो।

 होटेल क्राउन प्लाजामा करिब ४ घण्टा चलेको अवार्ड समारोहमा हलिउडका निर्माता थोमस वि फोरको समेत विशेष उपस्थिति रहेको थियो । गायक शिव परियार, गायक एम बराल, बरिष्ठ नायक कृष्ण मल्ल, नायिका शर्मिला मल्ल, मधु कुमार श्रेष्ठ, सुपरस्टार भुवन के.सी, सुनिल थापा, अर्जुनजंग शाही, रवीन्द्र खड्का, टीका पहारी, अनमोल केसी, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल ‘मुन्द्रे’हास्य कलाकार नारायण त्रिपाठी,चलचित्र निर्देशक नारायण पुरी,राम शेखर बोगटी,पूरन जोशी,अम्बिका शर्मा,रमेश बुढाथोकी,आकाश अधिकारी, नवल खड्का,सत्यकला राई सहभागी हुनुभएको थियो ।

 

यसका साथै सिने निर्माता/निर्देशक एभरेष्ट सूर्य बोहरा,विल्सन बिक्रम राई,सुरेश दर्पण पोखरेल,सिमा जोशी,युना उप्रेती,बिनिता बराल,बिक्रान्त बस्नेत,मुकेश आचार्य,सरोज के.सी.,नीरज बराल,लौरा जो भोन सेग्गेर्न,राजीव श्रेष्ठ,राजु बजाज,सबुश्री तिवारी,विदुर सूवर्ण क्षेत्री,शिशिर श्रेष्ठ,हरि उप्रेती,नरमान राई,मुकुन्द किशोर भट्टराई,अमिर अली मकनोजिया,रविन कार्की (रायन),नवीन के.सी.,प्रतिष्ठा प्रसाई,एम बराल,बिधान कार्की,किरण खनाल,

रोशनी श्रेष्ठ,दान बहादुर श्रेष्ठ,मनिष श्रेष्ठ,श्याम श्रेष्ठ,दिनेश दर्शनधारी,मिलन सापकोटा,प्रेम गुरुङ,उदय सुब्बा,प्रताप सुब्बा,कविता खड्का,निलम श्रेष्ठ,साहारा कार्की ,निक्की पाण्डे,विदुर पाठक,कुमारी लामा,पेम्बा डोमा शेर्पा,प्रसिद्ध अर्याल,उज्वल अर्याल,प्रेम पौडेल,सुवर्ण लामा, कृष्णराज काफ्ले,रोशन के.सी.तथा बेल्जियमबाट श्याम श्रेष्ठ लगायतका कलाकारहरू अवार्ड समारोहमा सहभागी हुनुभएको थियो ।

 

कार्यक्रम आयोजक “दोस्रो खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड – २०१७” का संस्थापक अध्यक्ष नवराज श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । ग्लोबल नेपाली फिल्म अवार्ड अध्यक्ष नवराज श्रेष्ठले नेपाली सिनेमालाई गाउँबाट विश्वबजारमा पुर्‍याउने र बजार विस्तार गर्ने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । ‘हामी अहिले बास्तविक नेपाली सिनेमा बनाउन थालेका छौ,’ श्रेष्ठले भन्नुभयो ‘हामी विश्व  सिनेमा बजारमा हाम्रो आफ्नो उपस्थिति खोजी रहेका छौँ यही खोजीको एउटा स्वरूप यो फिल्म अवार्ड समारोह पनि हो ।’

 

दोस्रो संस्करण भएपनि कार्यक्रमको संयोजन र प्रस्तुतिमा परिपक्कताको कमी रहेको महशुस सहभागीहरूले गरेका थिए । फितलो प्रस्तुति हुँदा कार्यक्रम मनोरञ्जनात्मक बन्न सकेको थिएन । कार्यक्रमको अन्तमा संयोजक शैलेश पोखरेलले कार्यक्रममा उपस्थित सम्पूर्ण बरिष्ठ कलाकारहरुलाई हार्दिक कृतज्ञता प्रकट गर्दै उक्त समारोहको समापन गर्नुभएको थियो । 

यसै कार्यक्रम अन्तर्गत नेपालमा गएको बाढी पहिरोबाट प्रभावितहरुको सहयोगार्थ कार्यक्रममा सहभागिहरुको तर्फबाट ५,४१४ डलर राहत सहयोग संकलन भएको थियो । संकलित रकम ग्लोबल नेपाली फिल्म अवार्डको तर्फबाट चलचित्र कलाकार संघ मार्फत नेपालमा पठाइने जानकारी संयोजक पोखरेलले जानकारी गराउनुभयो । कार्यक्रमको सञ्चालन राजेन्द्र शलभ , सुरेश दर्पण पोखरेल, निक्की पाण्डे तथा बिधान कार्कीले गर्नुभएको थियो । 

   Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्