Logo

अमेरिकाको ‘गुआम’ द्दीपमा उत्तर कोरियाको बक्रदृष्टी

जेन्सी, ३  भाद्र, शनिबार,२०७४ – उत्तर कोरियाले मिसाइल आक्रमण गर्ने धम्की दिएका अमेरिकी द्दीप गुआम अहिले चर्चाको केन्द्रमा छ । यसअघि कोरियन जनमुक्ति सेनाको रणनीतिक फोर्सले अमेरिकी द्दीपमा आक्रमण गर्ने चेतावनी दिएपछि दुई देशबीच तनाव भएको बीबीसीले उल्लेख गरेको छ । ‘अमेरिकाको उक्त द्दीप एउटा घना जंगलको बीचमा रहेको छ। जहाँ विशाल एयरबस बनाइएको छ। एयरबसको रनवेमा बी १ वमवर्षक चौबीसै घण्टा तैनाथ गरिएको हुन्छ। उत्तर कोरियाले दक्षिणमा आक्रमण गरे जवाफी फायरिङका लागि।’
 
यस्तै गुआमको पश्चिमी तटमा एउटा खुफिया सैन्‍य अड्डा राखिएको छ जहाँ परमाणु हमलाका लागि पानी जहाजलाई तयारी अवस्थामा तैथान गरिएको छ । तर त्‍योभन्दा पनि खतरनाक ठाउँ गुआमको दक्षिणी पहाडी क्षेत्र हो। यहाँ अमेरिकी सेना हरदम आक्रमणको तयारीका तल्लीन देखिन्छन् ।

यस्तै गुआमका गभर्नर एडी केल्वो भन्छन्, ‘यहाँ अमेरिकी सेना चौबीसै घण्टा ‘स्ट्याण्डबाइ’ रहन्छन्। किनकी राष्ट्रपति ट्रम्पले १ हजार प्रतिशत साथ दिएका छन्।’ गभर्नर एडी यो द्दीपका रणनीतिक महत्वको व्‍यक्ति मानिन्छन् ।

उनी भन्छन्, ‘कुनै पनि युद्धको लागि गोला(बारुद सबैभन्दा महत्वपूर्ण हुन्छ। त्‍यसकारण गुआममा जति गोला बारुद जम्‍मा भएको छ, त्योभन्दा धेरै अमेरिकाको कुनै पनि ठाउँमा छैन। यसकारण अमेरिका हप्तौसम्‍म युद्ध लड्न सक्छ।’

यही कारण अमेरिकाको गुआम द्दीप उत्तर कोरियाको निशानामा परेको थियो । गुआम अमेरिकी क्षेत्र भए पनि लस एन्जलस भन्दा फिलिपिन्सको राजधानी मनिला धेरै नजिक रहेको छ । यदि सबैभन्दा नजिक अमेरिकी क्षेत्रको हवाईद्दीप त्यहाँबाट ६ हजार ४ सय किलोमिटरको दूरीमा रहेको छ।

अन्तराष्ट्रिय समय अनुसार अमेरिकी द्दीपमा होनोलुलुमा बुधबार हुँदा गुआममा बिहीबारको दिन ढल्किसकेको हुन्छ। यसमा आश्चर्यको कुरा के छ भने अमेरिकाले गुआमलाई भुलाई दिएको जस्तो आभास हुन्छ। यसका साथै यहाँ शरणार्थीको रुपमा टोकियो , ओसाका, सियोल र बुसान शहरका परिवारहरुलाई देख्‍न पाइन्छ ।

गुआममा करिब १५ लाख पर्यटकभन्दा धेरै जापान तथा दक्षिण कोरियाबाट घुम्‍न आउने गर्दछन् । यहाँ सुटिङ स्पट समेत रहेको हुँदा जापनी पुरुषहरु सुटिङ गर्न आउने गरेका छन्। जापानमा एम १६ मेशीनगन प्रतिबन्ध लगाएकाले उनीहरु यहाँ आएर निसंकोच बोक्‍न पाउँछन् ।

गुआमसँग अमेरिकाले सम्बन्ध सन् १८९८ को स्पेन–अमेरिका युद्धदेखि कायम गरेको थियो। उक्त युद्धमा अमेरिकालाई युएस पोर्टो रिको तथा फिलिपिन्सको केही भाग हासिल गरेका थिए। तर पछि फिलिपिन्स स्वतन्त्र भए पनि गुआम भने अमेरिकी औपनिवेश बनिरह्‍यो। यसअघि गुआम एउटा स्वसाशित क्षेत्र थियो ।

यहाँका स्थानीय नागरिकहरु अहिले पनि आफूलाई गुआमेनियन्स भन्‍ने गर्छन्। उनीहरु अमेरिकन भए पनि अमेरिकी राष्ट्रपति चुनावमा भने भोट हाल्‍ने अधिकार छैन। यहाँबाट एउटा अमेरिकी कांग्रेसमा एउटा सदस्य चुनेर पठाउने गरे पनि कुनै पनि प्रस्तावनमा भोट गर्न पाउँदैनन् ।

स्थानीयहरुले अमेरिकाका कारण गुआम अस्थिरतातर्फ गएको गुनासो गर्छन्। गुआमका आदिवासीलाई ‘चमोरो’ भनिन्छ। उनीहरुको पूर्खा करिब ४ हजार वर्ष पहिले गुआमा आएका थिए। सधै हवाई र समोआमा बस्‍ने आफ्नो नातेदारलाई लिएर उनीहरु अमेरिकासँग अहिले पनि पहिचानका लागि संघर्ष गरिरहेका छन्। तर यहाँको २७ प्रतिशत जमिनमा अमेरिकी सेनाले कब्जा गरेर बसेको छ।

  अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्