Logo

लम्पसरवादी प्रचण्डले सहिदको रगतसँग साटेको अर्बौंको हतियार खुफिया एजेन्सीलाई बेचेको डा. भट्टराईद्दारा पुष्टी

 भट्टराईले भिडियोमा प्रचण्डको सम्पूर्ण गोप्य कुराहरु खोले, हेर्नुहोस् भिडियो 

 स्तावेज संवाददाता भाद्र,३ गते शनिबार, २०७४,कञ्चनपुर – गत सोमबार कञ्चनपुरको महेन्द्रनगरमा  नयाँ शक्ति पार्टी, नेपालले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले लम्पसरवादी प्रचण्डले  शहिदको रगतसँग साटेको अर्बौंको हतियार खुफिया एजेन्सीलाई बेचेको  खुलासा गरेका छन् ।

 ‘शहिदको रगतसँग साटेको हतियार उहाँले खुफिया एजेन्सीलाई बेचिसक्नुभएछ,’ अाफू प्रधानमन्त्री भएको बेलाको घटना स्मरण गर्दै उनले भने, ‘सीमा कटाउन नसकेपछि उहाँले मलाई गुहार्नुभयो , उहाँको कुरा सुन्नसाथ मेरो आंग जिरिङ्ग भयो, मैले हुँदैन भनेँ र तत्कालीन प्रधानसेनापति छत्रमान गुरुङजीलाई भनेर हतियार छाउनी पठाएँ ।’ उनले शहिदको रगतसँग साटिएको हतियार पैसा कमाउन खुफिया एजेन्सीलाई बेच्नेले आफूलाई अनेक आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्