Logo

जुट्दै छ सहयोग, उठ्दै छ मधेश’ – Help for Nepalese अभियान अन्तर्गत पीडितहरुको लागी राहत संकलन जारी

     स्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४, काठमाडौं –  गत साउन २५ गते यता लगातार आएको बाढी पहिरोबाट पीडित तराई     मधेशका जनतालाई राहत दिने उद्देश्यले भईरहेको Help for Nepalese अभियान अन्तर्गत राहत संकलन कार्यक्रममा विभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट उत्साहजनक सहयोग प्राप्त भएको छ । मंगलबारबाट संकलन गर्न थालिएको राहतका देश विदेशमा समेत रहेका नेपालीहरुबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ ।

        एउटा नेपालीलाई परेको दुखःमा अर्को नेपालीले साथ दिनुपर्छ भन्ने भावनाबाट प्रेरित भएर शुरु गरिएको राहत संकलन अभियानमा ‘नेपाल राष्ट्रिय माडवारी परिषद’ बाट विभिन्न राहत सामग्री प्राप्त भएको छ । परिषदबाट बाढी पीडितहरुका लागि त्रिपाल, पाल, विविध सामग्री,भाँडाकुँडा तथा विभिन्न प्राथमिक स्वास्थ्य सामग्रीहरु प्राप्त भएको छ । परिषदले बाल्टिन ३ सय पिस, त्रिपाल ११ बण्डल, त्रिपाल १ रोल, औषधी १ कार्टुन सहयोग गरेको छ ।

    यसअघिको महाभुकम्पमा समेत भुकम्प प्रभावित जनतालाई विभिन्न सहयोग गरेको परिषदले ‘सेवा नै ठूलो धर्म हो’ भन्ने मुल आदर्शबाट अभिप्रेरित भएर काम गरेको परिषद्का केन्द्रिय अध्यक्ष पवन मित्तलले बताए । ‘एउटा नेपालीलाई परेको दुखःमा अर्को नेपाली टुलुटुलु हेरेर बस्न सक्दैन । हामीले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हौं ।’ उनले भने ।

यसैगरी जनप्रशासन कलेजबाट विभिन खाध्य सामग्रीहरु प्राप्त भएका छन् । कलेजमा अध्ययनरत विध्यार्थी, शिक्षकहरुले चाउचाउ, भुजिया, दालमोट, खानेपानी, दन्तमञ्जन, जिवनजल, चीउरा, कपडा गरी करिब २३ हजार बराबरको सामग्री सहयोग गरेको कलेजका प्राचार्य हरिभक्त शाहीले हस्तान्तरण गरेको बताए । उक्त राहत संकलन अभियानमा स्ववियू सभापति पंकज सुवेदी क्षेत्री, सन्ध्या आचार्य, सचिन भट्टराई, गागा कार्की, हेमन्त आचार्य रहेका थिए ।

          यसैगरी न्यू समिट कलेजबाट विध्यार्थी विकास अर्यालको संयोजकत्वमा विध्यार्थीहरुबाट १८ हजार ५८ रुपैंया तथा लत्ता कपडा औपचारिक कार्यक्रम गरी अभियानलाई हस्तान्तरण गरिएको थियो । यसैगरी सल्यानी युवा सञ्जालबाट ८१ हजार सात सय ८८ रुपैंया संकलन भएको संयोजक सुदर्शन बुढाथोकीले जानकारी दिए । अभियानमा धरानका इन्जिनियर राकेश कुमार दासले नगद रु ५ हजार प्रदान गरेका छन् । सुभायू सुवेदीबाट एक कार्टुन औषधि प्राप्त भएको छ ।

     राहत संकलन अभियानमा देशदेखि विदेशसम्मबाट सहयोग आउने क्रम बढेको छ । बेलायतको लण्डनमा नेपाली जनसम्पर्क समिति मार्फत पनि सहयोग संकलन गर्न थालिएको बेलायतको लण्डनबाट मकालु खबर डटकमका कन्ट्री हेड विनय अधिकारीले बताए । अहिलेसम्म बेलायतमा विनय अधिकारीबाट ५० पाउण्ड, रिता परियारबाट ५० पाउण्ड, राजकुमार पन्तबाट २५ पाउण्ड, महेश दाहालबाट ५० पाउण्ड, चेतनाथ खनालबाट ५० पाउण्ड र विज्ञान प्रसाईंबाट ५० पाउण्ड संकलन भएको छ । यता अष्ट्रेलियाबाट समेत सहयोग संकलन गर्ने कार्यलाई तिब्रता दिइएको छ । भने, नेपालका पोखरा, बुटवल, धरान लगायतका शहरमा समेत राहत संकलन अभियान गरिएको छ ।

       Help for Nepalese अभियानमा प्रवासमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्न चाहेमा बैंक खाता मार्फत सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।   www.helpfornepalese.com  मा गएरपनि आफूले सहयोग गर्न चाहेको रकम भर्न सकिनेछ अथवा, तल लेखिएको लिंकमा क्लिक गरी www.gofoundme.com, esewa, तथा शुलभ मिडिया प्रा.लि.को ग्लोवल आइएमई बैंक लि. को बैंक खाता नं.  ०४०१०१००००३९७  मा जम्मा गर्न सकिने छ ।

helpfornepalese अभियानमा सहभागी संस्थाहरु

    मकालु खबर डटकम, Together we can bring the change (TWECATCH), दियो पोष्ट डटकम, नेपाल राष्ट्रिय माडवारी परिषद, केन्द्रिय कार्यालय, सल्लेरी खबर डटकम, Kumar.com.np, APPharu, सल्यानी युवा सञ्जाल, lightnepal.com रिडर्स क्लब, निश्चल फाउण्डेशन, द कार्टुन क्रिऊ, Asian Techno Traders, जनप्रशासन कलेज, न्यू समिट कलेज लगायतका संस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्