Logo

शाहरुख र वलिवूड अभिनेता दिलीप कुमारको सम्वन्धमा न्यानोपन,सायराले लेखिन् ,शाहरुख दिलीप साहबको छोरा

स्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४ –  वलिवूड अभिनेता दिलीप कुमारलाई भेट्न हालै शाहरुख खान उनको घर पुगेका छन् । मृगौलामा समस्या आएको कारण लीलावती अस्पतालमा उपचार गराईरहेका थिए ।  ५ दिन पहिले डिस्चार्ज भएका वलिवूड अभिनेता दिलीप कुमारसँगै लिईएको तस्विर दिलीप कुमारकी श्रीमती सायरा बानोले हालसालै आफ्नो सोशल मिडियामा पोस्ट गरेकी छन् । सो समय शाहरुख दिलीप कुमारको निधारमा किस गर्दै उनिसँग समय बिताएका छन् । ट्वीटरमा सायराले ट्वीट गर्दै भनेकी छिन् शाहरुख दिलीप साहबले बोलेका छोरा हुन् । शाहरुखसँग छोरा सुहाना पनि दिलीप कुमारलाई भेट्न पुगेका थिए ।

सायराले आफ्नो ट्वीटमा दिलीप कुमारको स्वास्थ्यमा पहिले भन्दा सुधार आएको बताएकी छन् । उनको शरिरमा पानीको कमिले मृगौलामा समस्या आएको कारण स्वास्थ्यअचानक बिग्रिएको थियो । दिलीप कुमार शाहरुखका प्रिय अभिनेता हुन् । दिलीप कुमार पनि शाहरुखलाई रुचाउँछन् । दुवै बीचको सम्वन्धमा न्यानोपन कयौंपटक देखिएको छ । केहिबर्ष पहिले एउटा म्यागेजिनको कभरमा इन्डियन सिनेमाका तीन आइकन स्टार्सलाई लिइएको थियो । उक्त तस्विरमा दिलीप कुमार, अमिताभ बच्चन र शाहरुख खानसँगै थिए ।

 एजेन्सी

प्रतिक्रिया दिनुहोस्