Logo

घरेलु हिंसाको कथावस्तुमा बनेको चलचित्र ‘सिमल’को ट्रेलर सार्वजनिक ( भिडियो )

स्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४, काठमाडौं –  महिलामाथि हुने गरेका शोषण,दमन र हिंसा सम्बन्धी कथावस्तुमा बनेको चलचित्र ‘सिमल’को ट्रेलर सार्वजनिक भएको छ। एसराज इन्टरनेशनलको प्रस्तुती तथा भोला तिमल्सिनाको निर्देशनमा बनेको चलचित्र सिमलको ट्रेलर युट्यूब मार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा ग्रामिण परिवेश र सामाजिक यथार्थलाई उठान गरिएको निर्देशक तिमल्सिनाले बताए । ‘सिमल’ले आम नेपाली महिलाले भोगिरहेका यथार्थलाई चित्रण गर्छ, कुनै न कुनै रुपमा फिल्ममा दर्शकले आफूलाई भेट्नु हुनेछ,’ उनले भने। ‘सिमल’मा सन्ध्या पौडेल, चन्द्रमणि मुडभरी, पवन ढुंगाना, विष्णुहरि न्यौपाने, मन्जुला गिरि, भुपेन्द्र पराजुली, मनोज गजुरेल, घनश्याम मुडभरी, राजेश आचार्य लगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्