Logo

डा. अर्चना थापाको कथासंग्रह ‘कठपुतला’ – बिज्ञान र मान्छेको एक सजिव चित्रण

स्तावेज संवाददाता ,श्रावण ३१, गते ,२०७४ काठमाण्डौं-  अंग्रेजी भाषाबाट लेख र समालोचना लेख्दै आएकी डा. अर्चना थापाको नेपाली कथा संग्रह ‘कठपुतला’सार्वजनिक भएको छ । अक्षर क्रिएसन्स नेपालद्दारा प्रकाशित पुस्तक ‘कठपुतला’ को साहित्यकार प्रा.डा. अभि सुवेदी, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना र साहित्यकार नयनराज पाण्डेले संयुक्त रुपमा हिजो राजधानीमा सार्वजनिक गर्नुभएको हो ।

 सोमबार काठमाडौंको शिल्पी थिएटरमा कार्यक्रम आयोजना गरी कथा संग्रह विमोचन गरिएको हो। किताब विमोचनसँगै किताबमाथी परिचर्चा समेत गरिएको थियो । किताबमाथी तीन अतिथिले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । ‘कठपुतला’ कथामा बिज्ञान र मान्छेको सजिव चित्रण गरिएको छ । 

डा. सुवेदीले अर्चनाको फराकिलो अध्ययन र साधनाले कथाहरूको परम्परागत धार भत्किएको दावी गर्नुभयो । ‘उहाँका कथाहरू परम्परागत शैलीमा छैनन् । विषय, पात्रको विविधता र कल्पनाशीलताले उनका कथाहरूलाई नयाँ उचाइ प्रदान गरेको छ,’ डा.सुवेदीले भन्नुभयो, ‘घटना, समय र स्पेसको संयोजन उत्कृष्ट लाग्छ ।’लेखक नयनराज पाण्डेले हरेक पाठकको कथाको बुझाइ फरक हुने प्रस्ट पार्दै भन्नुभयो,’जुनसुकै कथा पनि मस्तिष्कको ढोका खोलेर पढ्नुपर्छ ।

 मस्तिष्क खोलेर पढ्दा अर्चना थापाको कथा परम्परागत कथाहरुभन्दा फरक शैली, फरक विषय र फरक वस्तुको बिबिधता हो।’ पाण्डेले किताबमा प्रयोग कल्पनाशिलता, अध्ययन, धारणा र साहित्यप्रतिको दृष्टिकोण परिपक्व रहेको बताउनुभयो ।

 विज्ञानको  उत्कृष्ट आविष्कार र रोबोटले सञ्चालन गरेको  आधुनिक युगलाई अर्चनाले कथाहरूमा उतारेको तिम्सिनाले बताउनुभयो । पाठकहरू प्रयोगभन्दा पनि यथार्थ पढ्न रुचाउने बताउँदै साहित्यकार पाण्डेले ‘कठपुतला’ का कथाहरूले प्रत्येक पाठकलाई फरक फरक स्वाद दिने टिप्पणी गर्नुभयो । ‘कथाका परम्परागत ढर्रा दिमागमा राखेर पाठकले पढ्न सक्दैनन्,’ उहाँले भन्नुभयो, ‘लामा कथा भए पनि पढदा खुसी सन्तुष्टि मिल्छ ।’ 

 लेखक डा. अर्चना थापाले आफू सानी छँदा हजुरआमाका कथा सुन्ने र त कहिल्यै नसकिउन् जस्तो लाग्ने गरेको स्मरण गर्नुभयो । उहाँले ती पारम्परिक कथामा आफूले प्रश्न गर्ने र तिनको उत्तर खोज्ने बानीले गर्दा ‘कठपुतला’ कथासंग्रह लेख्न सकेको बताउनुभएको थियो । समालोचनाका कृतिमा काम गर्ने सोच बनाएर लेखन कार्य थालनी गरेपनि पात्र र परिवेशले कथा सजीव बन्न पुगेको कथाकार थापाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्