Logo

बरिष्ठ नायक शिव श्रेष्ठको अमेरिका यात्रा स्थगित ……

स्तावेज संवाददाता ,श्रावण ३१, गते ,२०७४ काठमाण्डौं – यही आउँदो अगष्ट १९ तारिखका दिन होटल क्राउन प्लाजामा शनिवार दिउँसो ४.३० बजेबाट  धुमधामका साथ सम्पन्न हुन गइरहेको  “खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड -२०१७, दोस्रो संस्करणमा भाग लिने तयारीमा रहेका बरिष्ठ नायक शिव श्रेष्ठको  अमेरिका यात्रा रोकिएको छ  ।

पारिवारिक स्रोतका अनुसार सुपर स्टार श्रेष्ठको ससुरा बुवाको हिजो राती चितवनको भरतपुर-१ स्थित आफ्नै निवासमा असामयिक निधन भएको छ । उहाँ आफ्नो धर्मपत्नी  सृजना श्रेष्ठसँग कार्यक्रममा भागलिन जाँदै हुनुहुन्थ्यो । ससुरा बुवाको आकस्मिक निधनले उहाँको कार्यक्रम स्थगित भएको छ । उहाँका स्वर्गीय ससुराबुवा लक्ष्मीनारायण श्रेष्ठको जन्म विसं. २००८ असोज १० गते म्याग्दीको तातोपानीमा भएको थियो ।

स्व. श्रेष्ठको दुई छोरा र तीन छोरीमध्ये माहिली छोरी सृजना श्रेष्ठसँग १५ वर्षअघि सुपर स्टार  शिव श्रेष्ठसँग विवाह भएको हो। ससुरा बुवाको निधन लगत्तै नायक श्रेष्ठ स-परिवर भरतपुर पुग्नु भएको छ । शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मृत आत्माको चिरशान्तिका लागि दस्तावेज परिवार भगवानसँग प्रार्थना गर्दछ । 

प्रतिक्रिया दिनुहोस्