Logo

चलचित्र ‘समर लभ’को छायांकन शुरु

स्तावेज संवाददाता ,श्रावण ३१, गते ,२०७४ काठमाण्डौं – घोषणा भएको केही महिनापछि चलचित्र ‘समर लभ’को छायांकन शुरु गरिएको छ । सोमबार विधिवत रुपले पूजा गर्दै यसको छायांकन सुरु गरिएको हो । सुविन भट्टराइको चर्चित पुस्तक ‘समर लभ’माथि आधारित रहेर यो चलचित्र निर्माण हुनेछ । 

यो चलचित्रको मुख्य भूमिकामा आशिष पिया र रेवती क्षेत्रीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । साथमा, नायिका नम्रता सापकोटालाई पनि दर्शकले पर्दामा हेर्न पाउनेछन् । यो चलचित्रमा सुविनकै कथा, सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, संजय लामाको छायांकन, पुष्पन प्रधानको संगीत छ । 

६० दिनको सेड्यूलमा यो चलचित्रको छायांकन गरिनेछ । चलचित्रको छायांकन काठमाण्डौ, पोखरा, धनगढी र नर्वेमा गरिनेछ । नाइटेङ्गल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो लभस्टोरी चलचित्रलाई मुष्कान ढकालले निर्देशन गर्दैछन् । मुस्कानले चलचित्र ‘नाइ नभन्नु ल ३’ निर्देशन गरेका थिए । ‘समर लभ’ यूवापुस्ताले सर्वाधिक रुचाएको पुस्तक हो । 

प्रतिक्रिया दिनुहोस्