Logo

अभिनेत्री प्रियंका कार्कीले बाढी पीडितका लागि गरिन् ५१ हजार रुपैयाँको सहयोग

स्तावेज ,श्रावण २९ गते आईतबार २०७४,काठमाडौं – केही दिनदेखि परेको लगातारको वर्षाले पहाड पहिराले आक्रान्त छ । तराई डुबानमा परेको छ । तराईका विभिन्न जिल्ला जलमग्न भएका छन् । मानिसहरु राहत र उद्धारको पर्खाइमा छन् । सरकार राहत वितरण र उद्धार कार्यमा लागेपनि अधिकांश ठाउँमा अझ पनि पुग्न सकेको छैन । 

देशभरबाट राहत सामग्री संकलन र सहयोगका हातहरु जुट्न थालेका छन् । कलाकारहरुले पनि सहयोगको घोषणा गरेका छन् । अभिनेत्री प्रियंका कार्कीले ५१ हजार रुपैयाँको सहयोग घोषणा गरेकी छन् । उनले पीडितका लागि राहत र उद्धार कार्यमा ढिलाई भएको भन्दै आक्रोश पोखेकी छन् ।

उनले फेस बुकमार्फत सबैलाई बाढी पीडितका लागि सहयोगार्थ जुट्न सबैलाई आग्रह गरेकी छन्  । यसअघि हाँस्यकलाकार दीपकराज गिरीले बाढी पहिरो पीडितका लागि १ लाख रुपैयाँको सहयोग घोषणा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्