Logo

बेलायतमा फिल्म ‘धनपति’ को भव्य प्रदर्शन शुरु

स्तावेज संवाददाता, श्रावण १९,बिहिबार २०७४, काठमाडौं –  दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘धनपति’ बेलायतमा धुमधामकासाथ प्रदर्शन भएको छ । बेलायतमा फिल्म प्रदर्शनको जिम्मा ३२ बक्सले पाएको छ ।  ३२ बक्सका एलबिजेट गुरुङका अनुसार यो फिल्म फिल्म फोल्कस्टोनस्थित टावर थिएटरमा गत जुलाई ३० तारिखमा प्रदर्शन गरियो। 

फिल्मले बेलायतका सबै शहरमा प्रदर्शनको अनुमति पाएको गुरुङले बताए। उनका अनुसार अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लण्डन सपारी सिनेमा हलमा अगस्ट २० मा फिल्म प्रदर्शन हुनेछ जी नाइनसँगको सहकार्यमा ३२ बक्सले बेलायतभर फिल्म प्रदर्शन गर्न लागेको हो। यसअघि नेपालमा यो फिल्मले राम्रो व्यापार गरेको थियो । नेपालमा प्रदर्शन हुनपूर्व नै ‘धनपती’ अमेरिकामा प्रदर्शन गरिएको थियो । 

खगेन्द्र लामिछानेको लेखन र मुख्य भूमिका रहेको ‘धनपति’ ले नेपालमा २ करोड बढीको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ । लामिछाने र खनालले यसअघि ‘पशुपतिप्रसाद’ फिल्मको निर्माण गरेका थिए। टुकी आर्ट्स प्रा.लि.ले निर्माण गरेको धनपतिमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्