Logo

रेखा र आर्यनको ७ वर्षपछि ‘चिरबिर चिरबिर चाँचरी’ नाच भिडियो सार्वजनिक

स्तावेज संवाददाता, श्रावण १९,बिहिबार २०७४, काठमाडौं – रेखा थापा र आर्यन सिग्देलको मूख्य भूमिका रहेको फिल्म ‘रुद्रप्रिया’को ‘चिरबिर चिरबिर चाँचरी’ बोलको गीत हालसालै सार्वजनिक भएको छ। युट्यूबमा सार्वजनिक गरिएको उक्त गीतमा राजनराज शिवाकोटी र मेलिना राईको आवाज रहेको छ ।

शब्द र संगीत संयोजन राजनराजको छ भने, प्रविण सिंहको कोरियोग्राफी रहेको छ। गीतको भिडियो खिच्न २० लाख खर्च गरेर सेट निर्माण गरिएको फिल्म निर्माण पक्षले दावी गरेको छ । यी दुई कलाकार ७ वर्षपछि एउटै फिल्ममा देखिएका हुन्। उनीहरुले अन्तिमपटक फिल्म हिफाजतमा सँगै काम गरेका थिए । ‘रुद्रप्रिया’को निर्देशन सुदीप सिंह ‘बोबी’ले गरेका हुन् भने फिल्मको कथा रुवी सेन सिंहको रहेको छ। फिल्मको निर्माण सरस्वति थापा र आर्यन फिल्मस् ले गरेको हो । रेखा फिल्मस् को प्रस्तुती रहेको फिल्म कार्तिक २ गते लक्ष्मीपूजाको दिन प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्