Logo

अफगानिस्थान सँगको हारसँगै नेपालको यू–१९ विश्वकप खेल्ने अवसर गुमेको ठहर

स्तावेज संवाददाता श्रावण १०, सोमबार,२०७४ – अफगानिस्तानसँगको अन्तिम खेलमा ९६ रनले पराजित भएपछि नेपालको यू–१९ विश्वकप खेल्ने अवसर गुमेको छ । मंगलबार सिंगापुरमा भएको खेलमा अफगानिस्तानले पहिलो ब्याटिङ गर्दै नेपाललाई १९६ रनको लक्ष्य दिएको थियो । नेपाली टिमले उक्त लक्ष्य पछ्याउने क्रममा सस्तो मै समेटिएपछि अफगानिस्तानले न्यूजिल्याण्डमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।

नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९९ रन बनाउन सक्यो । यो हारसँगै नेपालको कुल अंक ८ मै सिमित भयो भने अफगानिस्तानले १२ अंक बटुल्दै छनोट भएको हो । जितमा अफगानिस्तानका ब्याट्स्म्यान इब्राहिम जद्रानले महत्वपूर्ण १०१ रन बनाएका थिए । नेपालले कसिलो बलिङ गरेर अफगानिस्तानलाई सस्तोमै समेट्न सफल भएपनि ब्याट्स्म्यानहरुले भने गतिलो प्रदर्शन गर्न नसक्दा जितबाट चुकेको हो । नेपालका लागि सबाब आलमले ४ र दिपेन्द्र ऐरीले ३ विकेट लिएका थिए ।

नेपालको ब्याटिङ क्रममा पनि अलराउन्डर ऐरी नै अब्बल सावित भए । उनले ४८ रनको योगदान गरे भने अन्य सबै ब्याट्स्म्यान थोरै रन बनाउँदै पेभिलिएन फर्किएका थिए । अफगानिस्तानका लागि बलरहरु युसुफ जाजीले ४ मुजिब रहमानले ३ विकेट लिएका थिए ।नेपालका सन्दीप लामिछाने म्यान अफ द सिरिज भए ।

 

प्रतिक्रिया दिनुहोस्