Logo

‘ग्याङस्टार ब्लूज’ को अजम्बरी पिरती सार्वजनिक : भिडियो सहित

साउन १, २०७४ काठमाडौं : भदौ २ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको फिल्म ‘ग्याङस्टार ब्लूज’को रोमान्टिक गीत सार्वजनिक भएको छ। ‘अजम्बरी पिरती’ बोलको गीतमा आशिरमान देशराज श्रेष्ठ र आना शर्माको अभिनय रहेको छ। कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतमा कालिप्रसाद र मेलिना राईको आवाज रहेको छ ।   हेमराज बीसीले निर्देशन गरेको ‘ग्याङस्टार ब्लूज’मा आशिरमान र आनासँगै संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ। मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसीको लगानी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्