Logo

डी सिने अवार्डमा छक्कापञ्जाले जित्यो ११ अवार्ड, प्रियंका र विपिन उत्कृष्ट

स्तावेज असार २३, २०७४ काठमाडौं – गत बर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’ले डी सिने अवार्डमा सर्वोत्कृष्ट अभिनेत्री, नव निर्देशक, सम्पादन, छायांकन लगायत  सर्वाधिक ११ विधामा अवार्ड हात पारेको छ। छायाँछवि क्रियसनले बिहीबार हेटौंडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरेको कार्यक्रममा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म छक्का पञ्जाबाट प्रियंका कार्कीले जितिन्। छक्का पञ्जाले उत्कृष्ट फिल्म, नवनिर्देशक, सम्पादन, छायाकार, हास्य कलाकार, खलपात्र, नृत्य निर्देशक, गायक, संगीतकार र संवादको अवार्ड पनि जितेको हो।  

 सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने जात्रा फिल्मबाट विपिन कार्कीले हात पारे। फिल्म ‘तीन घुम्ती’ले जुरी अवार्ड हात पार्दा फिल्म ‘जात्रा’ बाट निर्देशक प्रदीप भट्टराई, ‘झुम्की’ बाट मनोज आरसी र ‘पुरानो डुंगा’ बाट मेनुका प्रधानलाई क्रिटिक्स अवार्ड प्रदान गरियो। त्यस्तै ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान–२०७३’बाट अभिनेता सरोज खनाल र अभिनेत्री रुपा रानालाई सम्मानित गरियो । पब्लिक च्वाइस अवार्ड गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा (ठमेल बजार) ले हात पारे। ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड–२०७४’ संगीतकार तथा गायक शम्भुजित बाँस्कोटालाई प्रदान गरियो ।

कुन बिधामा कसले हात पारे अवार्ड ?

१. उत्कृष्ट नव-नायिका : श्रृष्टी श्रेष्ठ – ‘गाजलु’

२. उत्कृष्ट नव-नायक : आर्यन अधिकारी – ‘के म तिम्रो हैन र’

३. उत्कृष्ट नव-निर्देशक : दीपाश्री निरौला – ‘छक्का पञ्जा’

४. उत्कृष्ट चरित्र अभिनेत्री : गौरी मल्ल – ‘के म तिम्रो हैन र’

५. उत्कृष्ट चरित्र अभिनेता : शिशिर राणा – ‘बीर बिक्रम’

६. उत्कृष्ट सह-अभिनेत्री : सुस्मिता केसी – ‘म त तिम्रै हुँ’

७. उत्कृष्ट सह-अभिनेता : सुशान्त कार्की – ‘तीन घुम्ती’

८. उत्कृष्ट केमियो : निश्चल बस्नेत – ‘लप्पन छप्पन’

९. उत्कृष्ट हाँस्यकलाकार : केदार घिमिरे – ‘छक्का पञ्जा’

१०.उत्कृष्ट बाल-कलाकार : साइब्रत आचार्य – ‘छायाँ’

११. उत्कृष्ट खलपात्र : दीपकराज गिरी – ‘छक्का पञ्जा’

१२. उत्कृष्ट द्वन्द्व निर्देशक : हिमाल केसी – ‘निर्भय’

१३. उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा)

१४. उत्कृष्ट छायाँकार : पुरुषोत्तम प्रधान – ‘छक्का पञ्जा’

१५. उत्कृष्ट सम्पादक : बिपिन मल्ल – ‘छक्का पञ्जा’

१६. उत्कृष्ट एनिमेशन : ‘द फेमश’

१७. उत्कृष्ट गीतकार : आकाश अधिकारी – पागल… (के म तिम्रो होइन र)

१८. उत्कृष्ट गायिका : मिना निरौला – ठमेल बजार… (लुट २)

१९. उत्कृष्ट गायक : कृष्ण काफ्ले – देखन चम्पा…  (छक्का पञ्जा)

२०. उत्कृष्ट संगीतकार : दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा)

२१. उत्कृष्ट ध्वनि मिश्रण : मनोजराज भण्डारी – ‘जात्रा’

२२.उत्कृष्ट पाश्र्व संगीत : ‘शैलेश श्रेष्ठ’ – ‘गाजलु’

२३. उत्कृष्ट संवाद : दीपकराज गिरी – ‘छक्का पञ्जा’

२४.उत्कृष्ट पटकथा : हेमराज बिसी – ‘गाजलु’

२५. उत्कृष्ट कथा : रामबाबु गुरुङ – ‘पुरानो डुंगा’

२६. उत्कृष्ट अभिनेत्री : प्रियंका कार्की – ‘छक्का पञ्जा’

२७. उत्कृष्ट अभिनेता : विपिन कार्की – ‘जात्रा’

२८. उत्कृष्ट निर्देशक : हेमराज बिसी – ‘गाजलु’

२९. उत्कृष्ट फिल्म : ‘छक्का पञ्जा’ – आमा सरस्वती गीतादेवी फिल्मस् 

प्रतिक्रिया दिनुहोस्