Logo

गजलकार जे सागरको ” यत्ती भए पुग्छ” गजल संग्रहको आवुधावीमा भव्य विमोचन तथा लोकार्पण हुने

नबराज क्षितिज दस्तावेज संवाददाता आवुधावी युएई,असार २४ ,शनिबार २०७४ – आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्मजयन्तीको अवसर पारेर हुन गैरहेको सो कार्यक्रममा प्रवासमा रहेर पनि नेपाली पत्रकारितामा निरन्तर योगदान पुर्याउनुभएका पत्रकार , समाजसेवी तथा अब्बल गजलकार जे सागरको ” यत्ती भए पुग्छ”  नवीन गजल संग्रहको विमोचन तथा लोकार्पण युएई का लागि नेपालका कार्यकारी राजदूत महामहिम नेत्र बहादुर  टन्डनबाट गरिने कार्यक्रम तय गरिएको छ ।
  अरबी , फारसी उर्दु र हिन्दी भाषाको बाटो हिड्दै नेपाली भाषासम्म  पाइला टेकेको गजलबिधा  अन्ततः नेपाली साहित्यमा एक सुपरिचित र सर्वप्रिय बिधा बन्न सफल हुन पुगेको छ । प्रबासमा रहेर पनि श्रस्टा भेटघाट तथा सिर्जना वाचन डबली युएई ले नेपाली गजलको उत्थानका लागि बिगत डेढ बर्ष देखि नियमित गजल वाचनका कार्यक्रमहरु गर्दै आइरहेको थियो । सो  कार्यक्रमहरु नेपालका ख्याती प्राप्त एफएम स्टेशनहरुबाट प्रसारण भएका थिए ।
 आगामी जुलाई १४ तारिकमा हुन गैइरहेको कार्यक्रम पनि देशका विभिन्न एफएम स्टेशनहरु रेडियो जालपा, रेडियो लाङ्टाङ, त्रिशुली एफएम , रेडियो अन्नपूर्ण मध्ये नेपालकै सर्बोत्कृष्ट रेडियो कालिका एफ एम , हाम्रो एफएम लगायत उज्यालो नाइटी नेट्वोर्कको बुलबुल र रेडियो नेपालको केन्द्रीय प्रसारण अन्तर्गतको निकै चर्चित कार्यक्रम “गजल गंगा” बाट पनि प्रसारण हुने भएको छ ।
 
 
प्रतिक्रिया दिनुहोस्