गजल – पुष्पा धमला
अन्धविश्वासले समाज लुटिंदैछ आज
दलित मन्दिरमा पस्दा कुटिदैछ आज
किन हुन्छ भेदभाब यो हाम्रो समाजमा
त्यसैले त हाम्रो धर्म भुटिदैछ आज
फूलपाती बोकेर मन्दिर सम्म पुग्दा
मुर्तिलाई देखी बिश्वास टुटिदैछ आज
मायाँ र विश्वासमा बाँधिएको डोरि
जात भातको कारण चुडिंदैछ आज
तिम्रो र हाम्रो साथिको यो नातापनि
घर समाजको डरले छुटिंदैछ आज
नेपाल आमाको सन्तान सबै मिलेर
अत्याचारको बिरुद्ध जुटिंदैछ आज
प्रकाशित मिती २०७४ साल असार २४ गते शनिबार