Logo

पारस र महबुबले सिंगापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

                                                    कप्तान पारस खड्का र महबुब आलम

स्तावेज असार १७, २०७४- नेपाली क्रिकेटका कप्तान पारस खड्का र अलराउन्डर महबुब आलमले सिंगापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पाँचौं सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी प्रतियोगिता अगस्ट ११ देखि १३ सम्म आयोजना हुनेछ । 

 प्रतियोगितामा सिंगापुर क्रिकेट क्लब र सिंगापुर इमर्जिङ स्टार ११, भारतको मद्रास क्रिकेट क्लब, दक्षिण अफ्रिकाको रोवलिन नेसनल क्रिकेट एकेडेमी, अस्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्ड र मेलबर्न क्रिकेट क्लब, श्रीलंकाको सिंहालिज स्पोटर््स क्लब, हङकङको कावलुन क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

 पारस र महबुबले सिंगापुर इमर्जिङ स्टारबाट खेल्ने छन् । पारसले आफूलाई सिंगापुर इमर्जिङले प्रतियोगितामा खेल्न बोलाएको र आफूले ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने बताए । महबुबले आफूलाई सिंगापुरका खेलाडी धर्मीचन्द मुलेवाले आमन्त्रण गरेको बताए । उनले प्रतियोगितामा कीर्तिमान बलर मुथैया मुरलिधरनसहितका विश्व स्टार सहभागी हुनसक्ने आयोजकले बताएको जानकारी दिए । 
 ‘मैले सिंगापुरमा खेल्ने निश्चित गरिसकेको छु, एक महिनाअघि जसो उनीहरूले मलाई यो प्रतियोगितामा खेल्नका लागि सम्पर्क गरेका थिए,’ महबुबले  भने, ‘पारिश्रमिक बारे खासै कुरा भएको छैन । मैले प्रतियोगिता भरका लागि १ हजार डलर माग गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्