Logo

करिश्मा कपूरले पुन: बिहे गर्ने

जेन्सी असार १०, २०७४- बिहेको अघिल्लो वर्ष मात्रै करिश्मा कपूरका  लगालग तीन फिल्म रिलिज भएका थिए । तर सन् २००३ को सेप्टेम्बरमा विवाह गरेपछि उनको अभिनय यात्रामा विराम लाग्यो । त्यसअघि पनि उनको अफेयर अजय देवगणसँग तीन वर्ष चलेको थियो भने अभिषेक बच्चनसँग त इंगेजमेन्ट नै भएको थियो । तर केही महिनापछि उक्त नाता  पनि तोडियो ।

फिल्ममा सबैकी प्रिय नायिका करिश्मा वास्तविक जीवनमा भने त्यस्ती प्रिय बन्न पाइनन् । २९ वर्षको उमेरमा एक उध्योगपतिसँग विवाह गरेकी उनी चालीस कटेपछि भने पतिसँग रमाउन सकिनन् । गतवर्ष मात्रै डिभोर्सलाई कानुनी रूपमा किनारा लगाएकी उनी यति बेला अर्को प्रेममा चुर्लुम्म डुबेकी छन् ।

 प्राप्त जानकारी अनुसार, उनका प्रेमी पनि आफ्नी पहिली पत्नीलाई डिभोर्स दिएपछि करिश्मासँग विवाह गर्ने तयारीमा छन् । कपुर परिवारले पनि उनलाई निकै रुचाएको भनिएको छ  । पछिल्ला पारिवारिक जमघटमा करिश्मा उनीसँगै उपस्थित हुनुले सम्बन्ध प्रगाढ रहेको मान्न सकिन्छ । सुरुवाती दिनमा दुईले रिलेसनसिपलाई मिडियासामु पर्नबाट जोगाउँदै आएका थिए । 

    दीपशिखा शर्मा

 [email protected]

प्रतिक्रिया दिनुहोस्