Logo

शुक्रबार ‘ट्युबलाइट’प्रदर्शन

सार ९, २०७४- सलमान खानको चलचित्र प्रदर्शनमा आउने भएपछि आज शुक्रबार अधिकांश शहरहरूमा अरू कुनै नयाँ चलचित्र प्रदर्शनमा राखिएका छैनन् । नेपालमा पनि सलमान खानको चलचित्र प्रदर्शन हुने बेला कुनै पनि चलचित्र निर्माता तथा वितरकले आफ्नो चलचित्र प्रदर्शन गर्ने हिम्मत जुटाउँदैनन् भने अंग्रेजी चलचित्र प्रदर्शन गर्ने मल्टिप्लेक्समा पनि अंग्रेजी चलचित्र लाग्दैनन् ।

   आज शुक्रबार प्रदर्शनमा आउन लागेको सलमान खानको चलचित्र ‘ट्युबलाइट’ मा सलमान खानका साथ शाहरूख खान पनि अतिथि भूमिकामा छन् । सन् १९६२ ताका उत्तर भारतको एउटा रमणीय बस्तीमा बस्ने दाजुभाइमा लक्ष्मण (सलमान) र भरत (सोहेल) बीच अटुट माया छ । लक्ष्मण अलिक फरक प्रकृतिका छन् । उनी संसारलाई आफ्नै फरक नजरले हेर्छन् । त्यही बेला युद्ध हुन्छ ।

   सैनिक पेशामा रहेका भरत युद्धमा जान्छन् र फर्केर आउँदैनन् । एक्लिएका लक्ष्मणले आफ्नो भाइ खोज्ने विषयमै यो चलचित्रको कथा अगाडि बढेको छ । चलचित्र ‘ट्युबलाइट’मा चिनियाँ अभिनेत्री जुजु पनि महत्वपूर्ण भूमिकामा छिन् । यस फिल्मका निर्देशक कबिर खान रहेका छन् । यसका साथै संगीत  प्रितम चक्रवर्तीको रहेको छ । कलाकारहरुमा सलमान खान, सोहेल खान, जुजु, ओमपुरी छन्  भने शाहरूख खान अतिथिको रोलमा देखापर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्