Logo

मिस नेपाल निकिता चन्दक हिरोईन बन्ने

केही दिन अगाडि मात्र मोरङकी २० वर्षीया निकिता चन्दकले ‘मिस नेपाल–२०१७’ को उपाधि जितिन् । उनी मिस नेपाल भएकोमा जति खुशी र समर्थनका ताली बजेका छन् उति नै बिरोधका आवाज पनि अहिले गुञ्जिरहेका छन् । खासगरी निकिताको रुपरंग माथि कटू टिप्पणी गरिएका छन् । निकितालाई ‘भारतीय’को ट्याग पनि भिराइएको छ । छालाको रंग, समुदाय, भूगोलकै आधारमा उनी ‘मिस नेपाल’की अयोग्य हुन् त ? यस्ता साम्प्रदायिक तर्कले पनि यतिबेला ठाउँ पाएको छ । यसपालि नेवारको बर्चश्व तोड्दै मिस नेपालको ताज तराईकी मारवाडी चेलीले जित्दा बिरोधका आवाज सुनिनु अनौठो होइन । तर, अब यी बिरोधहरुले खासै अर्थ राख्दैनन् । 
  निकिता चन्दकले अब एक वर्षसम्म मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरको मातहतमा रहेर काम गर्नुपर्नेछ । त्यसपछि मात्र उनी खुल्ला आकाशमा उड्ने चरा हुनेछिन् । अब उनको पहिलो प्राथमिकता ‘मिस वर्ल्ड – २०१७’ रहेको छ । आयोजक संस्था दि हिडन ट्रेजरसँगको कन्ट्य्राक्ट सकिएपछी उनले फिल्म अभिनयमा लाग्ने सोच पनि बनाएकी छिन् । काठमाडौंमा आयोजत एक कार्यक्रममा भेटिएकी निकिताले पत्रकारहरु सँगको कुराकानीको क्रममा भनिन्, ‘मलाई सानैदेखि अभिनयमा लाग्ने खुबै रहर थियो । अबको एक वर्षसम्म दि हिडन ट्रेजरको मातहतमा रहेर काम गर्नुपर्छ । त्यसपछि भने राम्रो स्क्रिप्ट भेटे अवश्य फिल्ममा काम गर्नेछु ।’
  हुनत, मिस नेपालको फिल्मी यात्रा हेर्ने हो भने खासै सुखद पाइदैन । न माल्भिका सुब्बाले फिल्म क्षेत्रमा सुखद अनुभुती गर्न पाइन् नत मलिना जोशीले नै । रुवी राणादेखि झरना बज्राचार्य, उषा खड्गी, जेनिशा मोक्तान सम्मको फिल्म यात्रा हेर्ने हो भने निराशाजनक नै छ । मिस नेपालको ताज पहिरिएर नेपाली फिल्ममा प्रवेश गरेका सृष्टि श्रेष्ठ बाहेक अधिकांश सुन्दरीहरु नायिकाको रुपमा स्थापित हुन भने असफल नै भएका छन्  । सृष्टिको भने गएको वर्ष रिलिज भएको फिल्म ‘गाजलु’ ले राम्रै व्यापार गरेको थियो । अब हेरौं निकिताको फिल्मी यात्रा कस्तो रहने हो ।  
प्रतिक्रिया दिनुहोस्