Logo

कहिले आउला रमेश, केकी र दिपिकाको ‘ऐश्वर्या’ ?

लचित्र ‘ब्रासलेट’मा काम गरेपछि नायक रमेश उप्रेती आफै चलचित्र निर्माणमा अगाडि सरे । उनले निर्माण गरिरहेको चलचित्र ‘ऐश्वर्या’ नामका कारण चर्चामा छ । यो चलचित्रमा रमेशका साथमा नायिका केकी अधिकारी र मोडल दीपिका प्रसाईको मुख्य भूमिका छ । चलचित्रको छायांकन शुरु भएको लामै समय भैसकेको छ । वुझिएअनुसार चलचित्र हलसम्म आइपुग्दा डेढ करोड वरिपरीको बजेट सकिनेछ । तर, यो चलचित्र कुन डेटमा रिलिज हुन्छ भन्ने चर्चा भने चलचित्र नगरिमा चलेको लामो समय भैसकेको छ । शुरुमा यो चलचित्र दशैंमा रिलिज हुने कुरा थियो ।

           पछि फेरि चलचित्रको प्रदर्शन मिति तिहारमा सारियो । अब, तिहारमा ठूला दुई चलचित्र ‘कृ र रुद्रप्रिया’ आउने चर्चा छ । यस्तो अवस्थामा ‘ऐश्वर्या’ले यो मितिमा २ चलचित्रसँग भिडन्त गर्छ या गर्दैन भन्ने मुख्य कुरा हो । यसका निर्माता तथा कलाकार रमेश उप्रेती कात्तिक १ गते चलचित्र रिलिज हुने बताउँछन् । यसरी, हेर्दा ३ चलचित्रले यो मितिबाट टसमस नहुने छनक देखाएका छन् । दिवाकर भट्टराइले यो चलचित्र निर्देशन गरेका हुन् । लभ स्टोरी चलचित्र निर्देशनमा दिवाकर चिनिएका निर्देशक हुन् । चलचित्रको लगानी उठ्नकै लागि मात्र पनि यसलाई सोलो रिलिज डेट आवश्यक छ । यसैले, ‘ऐश्वर्या’लाई प्रदर्शन मितिमा समस्या परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्